हेलिकोप्टरमार्फत सुत्केरी र जुम्ल्याहा शिशुलाई अस्पताल लगियो  « Khabarhub

 हेलिकोप्टरमार्फत सुत्केरी र जुम्ल्याहा शिशुलाई अस्पताल लगियो 


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ-

स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ ।

जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो ।

३० महिनामै बच्चा जन्मिएको, अवधि नपुग्दै जन्मिएका कारण नवजात शिशुको तौल कम भएकाले आइसियुमा राख्नुपर्ने अवस्था देखिएको र सुत्केरीको स्वास्थ्यमा पनि समस्या देखिएपछि अन्य रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा.नितु लामाले बताइन् । सुत्केरी तथा नवजात शिशुलाई प्रसुतीगृह थापाथली लगिएको छ । उर्मिला दोस्रोपल्ट सुत्केरी भएकी हुन् । प्रसव व्यथा लागेपछि उनलाई शुक्रबार राती जिल्ला अस्पताल भर्ना गरिएको थियो ।

जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले सुत्केरी र नवजात शिशुको उद्धारका लागि हेलिकोप्टर पठाएको हो । ‘अवधि नपुग्दै शल्यक्रिया मार्फत बच्चा जन्मिएको छ ।

बच्चा एकदमै सानो छ । तौल पनि कम छ,’ डा.लामाले भनिन्, ‘आइसियुमा राख्नुपर्ने अवस्था भएपछि सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरेका हौँ । अप्रेसनका क्रममा आमालाई पनि गार्‍हो भएको थियो । अप्रेसनपछि आमाको अवस्था ठिकै देखिएको छ ।’

स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्यथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट दर्जनौँ गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : ०२ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा