‘हामीले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्छ’ « Khabarhub

‘हामीले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्छ’


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले नेपाली भूमि र राजनीति प्रयोग गरेर चीनविरोधी गतिविधि गर्न खोजेको आरोप लगाएका छन्। 

नेपाल चीनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै उनले दुई ठूला शक्ति राष्ट्रको बीचमा रहेकाले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्ने बताएका हुन्। 

 ‘हामी दुई ठूला देशको बीचमा छौँ, हामीले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्छ। राष्ट्रिय स्वाधीनताको रक्षा गर्न बल दिन्छ। हामी यसमा यसमा चुक्यौँ भने गम्भीर खतरा छ। नेपालको अस्तित्वमाथि नै संकट पर्नसक्छ। यो जोखिमबाट बचाउन भूराजनीतिबाट जोगाउन ठिक परराष्ट्र नीति प्रयोग गर्नुपर्छ। ’उनले भने,

उनले भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रको रूपमा लिन चाहेको बताए। चीन अहिले नेपाली भूमि र राजनीतिलाई प्रयोग गरेर आफूविरोधी गतिविधिलाई नहोस् भन्ने चाहने बताए। 

 ‘एमसिसीएसपिपीको कुरा होस् या भारतले भूमि अझै कब्जा गरीरहेको कुरा होस्। हाम्रा नीति र योजनाकै कारणले हामीले अरूको सेवामा गइसकेका छैनौँ भन्ने प्रश्न उठेको छ। एसपिपी हामीले रोक्न सफल भयौँ। त्यो सम्झौता अघि बढ्न खोज्नु जस्तो दुर्भाग्य अरू केही हुँदैन’ उनले भने।  

‘ठिक परराष्ट्र र कूटनीति नीति प्रयोग गर्नुपर्छ। अमेरिका अहिले पनि नेपालको अग्रशक्तिको रूपमा रहेको कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ। तर हामी कता जाँदैछौँ, हामी ठीक दिशातिर गइरहेको अनुभूति हुँदैन’ उनले भने।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : ३३ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्