नेपाल स्काउटद्वारा वृक्षारोपण « Khabarhub

नेपाल स्काउटद्वारा वृक्षारोपण


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट तदर्थ समिति चाँगुनारायण नगरपालिकाको आयोजनामा फैढोका आधारभूत विद्यालयको प्राङ्गणमा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीको प्रमुख अतिथित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न जातका करिब दुई सय बिरुवाहरू लगाइयो । 

कार्यक्रममा विभिन्न स्काउट पदाधिकारी, स्काउट शिक्षक, चाँगुनारायण नपा स्थानीय शिक्षा अधिकृत, वडाध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, स्काउट सल्लाहकारद्वय भक्त राजभण्डारी, प्रदेश तालिम प्रमुख अच्युत प्रजापति, स्काउट शिक्षक दधिराम गेलाल, लायन्स क्लब अफ न्यातपोलका अध्यक्ष राजेन्द्रभूषण खयरगोली तथा सदस्यहरू, स्थानीय बुद्धिजीवी, समाजसेवीहरू र एभरेस्ट स्कुलका स्काउटहरूको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रम स्काउट स्थानीय संयोजन उमेशप्रसाद सिंहको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : ३७ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा