फिल्म छाडेर के गर्दैछन् सलिन ? | Khabarhub Khabarhub

फिल्म छाडेर के गर्दैछन् सलिन ?


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सलिन मान बनिया नेपाली फिल्ममा पपुलर नाम थिए । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मा उनको लुक्सको राम्रो चर्चा भयो ।

कोस्टार साम्राज्ञी आरएल शाहसँगको उनको ग्लामर केमेस्ट्री , उनको कोरियन लुक्स र नयाँ अनुहारको उनको अभिनयलाई छायाँमा पार्यो । राम्रो अभिनय नगरेपनि अन्य गुणको कारण उनी नोटिस भए । पहिलो फिल्म मार्फत नै उनले स्टारडमको स्वाद चाखे ।

उनी फिल्मको लागि पहिलो रोजाई भने थिएनन् । निर्देशनमा डेब्यु गर्दै गरेकी झरना थापाले सलिनअघि अनमोल केसीलाई अफर गरेकी थिइन् । उनले पुरानो नाम भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि ‘प्रेम गीत’ मार्फत दर्शक समक्ष आफ्नो पहिचान स्थापित गरिरहेका प्रदीप खड्कालाई फिल्म अफर गरियो । उनले फिल्म पुरानो टिमसँग नगर्ने बताए ।

त्यसपछि झरनाकै छोरी सुहाना थापाले आफ्नो साथी मार्फत सलिनलाई भेटेकी थिइन् । फोटोमा कोरियन लुक्स आएपछि सलिनलाई टिमले लियो । फलतः फिल्म चल्यो । सलिन पनि चले । पहिलो फिल्म पश्चात उनलाई फिल्मको धेरै अफर आए । तर उनले सहजै काम गर्ने मन भने बनाएनन् ।

सम्राट शाक्यको निर्देशनमा बन्ने फिल्म ‘यात्रा : द म्युजिकल भ्लग’ मा उनी काम गर्न सहमत भए । त्यसमा देखिने क्यारेक्टरको लागि उनले डान्स, फाइट पनि सिके । तर फिल्मले सफलता पाउन सकेन । लगानी र मुनाफा हिसाब गर्दा फिल्म फ्लप भयो ।

त्यसपछि पनि सलिनलाई निर्माता तथा निर्देशकले नखोजेका होइनन् । तर, उनले फिल्ममा अभिनय गर्ने जाँगर देखाएनन् । यतिबेला उनी विस्तारै दर्शकको मानसपटलबाट हराउँदैछन् । उनले फिल्ममा काम गरेका छैनन् ।

नायक अनमोल केसीको विकल्पको रुपमा पनि हेरिएका सलिन केहि समय आफ्नै घरायसी काममा व्यस्त भए । आफ्नो बिजनेसमा समेत सक्रिय रहेका सलिनले फिल्म खेल्ने जाँगर चलाएका छैनन् । तर, उनी यस क्षेत्रबाट टाढा पनि छैनन् ।

उनी फिल्म छाडेर ब्युटी कन्टेस्टको जज बन्नमा रमाइरहेका छन् । फिल्मी दुनियाँबाट टाढा रहेका सलिन हिजोआज ‘मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपाल’ को एक निर्णायकको रुपमा प्रतियोगी छान्ने काम गरिरहेका छन् । अहिले यो प्रतियोगिताको धमाधम अडिसन चलिरहेको छ । फिल्मको प्रस्ताव लिएर जानेलाई ‘नाइँ’ भनेर सौन्दर्य प्रतियोगितामा रमाउने सलिनको बानी देखेर फिल्मकर्मी नै चकित छन् ।

ग्लामरको मोह त्याग्न नसकेका सलिनले फिल्म आफैँ निर्माण गर्ने चर्चा नचलेको पनि होइन । तर , त्यसबारे औपचारिक रुपमा केहि खबर सार्वजनिक भएका छैनन् । उनी फिल्मकर्मी र मिडियाकर्मीको सम्पर्कमा पनि छैनन् । आफ्नी प्रेमिकासँग बेलाबखतमा सामाजिक सञ्जालमा देखिने सलिन फिल्म छाडेर सौन्दर्य प्रतियोगितामा किन आकर्षित भए ? यो उनैले जानुन ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : २६ बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा