देशभर मनसुन फैलन एक हप्ता लाग्ने, पूर्वी क्षेत्रमा आज पनि पानी पर्ने « Khabarhub

देशभर मनसुन फैलन एक हप्ता लाग्ने, पूर्वी क्षेत्रमा आज पनि पानी पर्ने


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मनसुन शुरु भएको छ । यो पटक औसत रुपमा १० दिन ढिला मनसुन शुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र त्यसका लागि १० दिन लाग्ने महाशाखाले जनाएको छ ।

देशभर मनसुन फैलन झण्डै १० दिन लाग्ने बताउँदै मौसमविद वरुण पौडेलले अब चाँडै नै देशभर मौसमी बायु बहने बताए ।

मनसुनको अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्ने गरेको छ । मनसुन सक्रिय भएसँगै पूर्वी नेपालका झापा, इलाम, मोरङलगायत जिल्लामा पानी परेको छ । यो विस्तारै पश्चिमसम्म फैलन मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

पूर्वमा पानी पर्ने, मौसम आंशिक बदली हुने
यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले ३ दिने मौसमी अनुमान सार्वजनिक गर्दै पूर्वी भागमा पानी पर्ने र अन्य ठाउँको मौसममा सामान्य बदली हुने जनाएको छ । महाशाखाले जारी गरेको ३ दिने मौसमको विवरण यस्तो छ ।
असार ६ गते (शुक्रवार)
दिउँसो: देशको पूर्वी तथा मध्य क्षेत्र साथै पश्चिमी पहाडी भूभागमा आंसिकदेखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ | पुर्व तथा मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने, पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

असार ७ गते (शनिबार)

दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने, पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदली रही पुर्वका धेरैजसो स्थानहरुमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

असार ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : २८ बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा