अरूण थापा स्मृति : वरिष्ठ गीतकार अधिकारी सम्मानित | Khabarhub Khabarhub

अरूण थापा स्मृति : वरिष्ठ गीतकार अधिकारी सम्मानित


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चर्चित गायक तथा सङ्गीतकार अरूण थापाको २३औँ स्मृति दिवस २०७९ का अवसरमा शनिबार यहाँ पाँचौँ अरुण थापा स्मृति साँझ आयोजना गरियो । भक्तपुर साङ्गीतिक समाजद्वारा आयोजित सो ‘पाँचौँ अरुण थापा स्मृति साँझ’मा गायकहरू रोशन धौभडेल, विनोदराज ढुङ्गेल, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यलगायतले थापाका चर्चित गीत गाएका थिए ।

त्यस्तै उहाँहरुलाई वाद्यवादनतर्फ कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले साथ दिएका थिए। कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीलाई अरूण थापा स्मृति सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजका सचिव अल्बर्ट बज्राचार्य, वरिष्ठ गीतकार सुभाषचन्द्र ढुङ्गेलले कार्यक्रमको महत्वमाथि प्रकाश पारेको समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ६ : ४० बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको