युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी हमलाको अमेरिकाद्वारा निन्दा | Khabarhub Khabarhub

युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी हमलाको अमेरिकाद्वारा निन्दा


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाले युक्रेनी ब्ल्याक सी बन्दरगाहमा रूसी मिसाइल आक्रमणको निन्दा गर्दै खाद्यान्न निर्यात पुनः सञ्चालन गर्न युक्रेन र रुसबीच भएको सम्झौतामा रुसी प्रतिबद्धताप्रति गम्भीर शंका उत्पन्न भएको जनाएको छ ।

‘आक्रमणले हिजोको सम्झौतामा रुसी प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शंका उत्पन्न गरेको छ । विश्व बजारमा खाद्यान्न उपलब्ध गराउन संयुक्त राष्ट्र, टर्की र युक्रेनको कार्यलाई नजरअन्दाज गरेको छ’, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।

रुसले ओडेसा बन्दरगाहमा रकेट प्रहार गरेको युक्रेनी सैन्य प्रवक्ता युरी इग्नाटले बताएका थिए । युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको थियो ।

सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : २२ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा