महाकाली भन्सारबाट निर्यात शून्य  « Khabarhub

महाकाली भन्सारबाट निर्यात शून्य 


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरू बढी आयात भएका  थिए । ८१ लाख २१ हजार ३१४ को सामान भित्रिएकोमा  निर्यात भने शून्य  रहेको हो । 

यस नाकाबाट कुनै पनि सामान निकासी  नभएको भन्सार कार्यालयले जनाएको छ  । केही वर्षअघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात भएन । कार्यालयका  अनुसार साउन महिनामा भारतबाट आठ लाख ५५ हजार ५२०, भदौमा १० लाख ५३ हजार ९०३ असोजमा, १३ लाख ३४ हजार ९८३, कात्तिकमा नौ लाख १९ हजार ३८२, मङ्सिरमा १० लाख ५५ हजार २२, पौषमा दुई लाख ३८ हजार ३६३ को सामान आयात भएको थियो ।

यस्तै माघ महिनामा चार लाख ९१ हजार ३७२, फागुनमा पाँच लाख ८४ हजार ३८२, चैतमा तीन लाख चार हजार ९५२, वैशाखमा दुई लाख ३३ हजार ८९, जेठमा चार लाख २९ हजार ५२४ र असारमा छ लाख २० हजार ६२२ को सामान भित्रिएको थियो  । उक्त कार्यालयले गत आर्थिक वर्षमा  भन्सार महसुलबाट १६ लाख तीन हजार ८७३, भन्सार सेवा दस्तुरबाट ८७ हजार ५००, मूल्य अभिवृद्धिकरबाट छ लाख ६३ हजार ४६८, अन्तशुल्कबाट १२ हजार ५६ गरी रु  २३ लाख ६६ हजार ८९७ राजस्व संकलन गरेको थियो। 

गत आर्थिक वर्षमा उक्त कार्यालयले रु ४३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम २३ लाख ६६ हजार आठ सय ९७ मात्रै संकलन भएको हो । अहिले  व्यापारिक  प्रयोजनका लागि पनि सामान कम मात्रा आउने तथा आयात घटेकाले राजस्व संकलनमा कमी आएको बताइएको छ । झुलाघाट नाकामा  मोटरवेल पुल नहुँदा व्यापारीहरूले धेरैजसो सामानहरू धनगढी वा काठमाडौँबाटै ल्याउने  गरेका छन् । 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  २ : ०७ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका