दिगो विकासको लक्ष्य हासिल गर्न नेपाललाई २० खर्ब २५ अर्ब बजेट आवश्यक पर्ने « Khabarhub

दिगो विकासको लक्ष्य हासिल गर्न नेपाललाई २० खर्ब २५ अर्ब बजेट आवश्यक पर्ने


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले दिगो विकासको लक्ष्य हासिल गर्न २० खर्ब २५ अर्ब बजेट आवश्यक पर्ने भएको छ ।

सरकारले आगामी २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्ने घोषणा गरेको छ । जसका लागि ११ वर्षमा २० खर्ब २५ अर्ब बजेट आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

राष्टिय योजना आयोगले सार्वजनिक गरेको मार्गचित्रअनुसार दिगो विकासको लक्ष्यमा पुग्न सरकारले वार्षिक आर्थिक  वृद्धिदर ७.६७ प्रतिशत हुनुपर्ने र कूल गार्हस्थ उत्पादनमा राजश्व संकलन २७ प्रतिशत पुर्‍याउनुपर्ने छ ।

सरकारले सन् २०३० सम्ममा दिगो विकासका लागि सरकारी, गैरसरकारी र नीजि क्षेत्रसँग साझेदारी गरी स्रोत साधन परिचालनमा विषेश योगदान गर्नुपर्ने मागचित्रले सुझाव दिएको छ । सरकारले दिगो विकासको लक्ष्यमा पुग्न कृषि, पर्यटन, रोजगार, श्रम, उद्योग, बन, स्वास्थ्य, गरिबी न्यूनीकरण र भोकमारी अन्त्य गर्ने प्रदेश र स्थानिय सरकारसँग साझेदारी गरेर कार्यक्रम निर्माण गर्नुपर्ने आयोगको मागचित्रमा उल्लेख गरिएको छ । जसका लागि ११ वर्षमा करिब २० खर्ब २५ अर्ब बजेट आवश्यक पर्ने आयोगको मागचित्रले जनाएको छ ।

सरकारले विकासका काम जोड दिए दिगो विकासको लक्ष्यमा पुग्न समस्या नहुने आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले बताए । दिगो विकासको लक्ष्यमा सरकारले आफ्ना देशभित्र भएका स्रोत साधनको पहिचान गरेर उत्पादन र बजार प्रवर्द्धनमा जोड दिनुपर्ने उपाध्यक्ष कँडेलको भनाइ छ

‘दिगो विकासलाई सरकारले धेरै ठूलो चुनौतीका रुपमा लिनुपर्दैन । सरकारले स्रोत, साधन, राष्ट्रिय गौरवका आयोजना र स्थानीय तहमा उत्पादन, रोजगारी, वन, कृषिमा विकास गरे पुग्छ,’ कँडेलले भने, ‘पानीलगायत अन्य प्रकृतिको साधनको प्रवर्द्धनमा जोड दिनुपर्छ ।’

यस्तै, आयोगका सचिव लक्ष्मण आर्याल दिगो विकासका लागि आश्वयक पर्ने योजना र स्रोत साधनको अध्ययन गरेर काम गरिरहेको जानकारी दिएका थिए । दिगो विकासको लक्ष्यमा पुग्न आयोगले उद्देश्य सहितको मागचित्र, योजना, स्रोत, सहजीकरण र छरितो उपायका विषयमा छलफल गरिरहेको सचिव आर्यालले बताए ।

नेपालले दिगो विकासका लागि सरकारले ७० प्रतिशत लगानी गर्नुपर्ने आयोगको मार्गचित्रमा भनिएको छ । जसका लागि आवश्यकता, पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति जस्ता विषयमा विषेश ध्यान दिनुपर्ने आयोगले सार्वजनिक गरेको मार्गचित्रमा उल्लेख छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ३ : ५६ बजे

कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली

रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका