राष्ट्रिय परिचयपत्र बनाउने बढे रसुवामा « Khabarhub

राष्ट्रिय परिचयपत्र बनाउने बढे रसुवामा


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा -हिमाली जिल्ला रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो । जिल्लाका करिब ४२ हजार बालिग नागरिकमध्ये १० हजार एक सय ८४ राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

परिचयपत्रको कार्ड भने एक सय ५९ लाई मात्र वितरण भएको कार्यालयको भनाइ छ । विवरण भरिसकेका अधिकांश नागरिकको ‘कार्ड’ भने राष्ट्रिय परिचयपत्र विभागबाट प्राप्त गर्न बाँकी रहेको बताइएको छ । कम्प्युटर अभिलेखमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक भएका कारण सेवा प्रवाह चुस्त भएको हो ।

यस्तै जिल्लामा राहदानी लिनेको सङ्ख्या पनि बर्सेनि बढ्न थालेको छ । गत आर्थिक वर्षमा एक हजार सात सय ६८ जनाले राहदानी लिएका थिए ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विगत वर्षमा राहदानी लिनेको सङ्ख्या पाँच सय ५३ रहेका थिए । कार्य सम्पादनको क्रममा ‘इन्टरनेट सिस्टम’ एवं विद्युत् सेवा अधिकांश समय अवरुद्ध भइरहने समस्याका कारण हिमाली क्षेत्र, भौगोलिक विकटतालाई मध्यनजर राख्दै अतिरिक्त समय सेवा प्रवाह गरिएको उनले बताए।

कार्यालयको अतिरिक्त समयमा समेत काम सम्पादन हुँदा सेवाग्राही खुशी छन् । जिल्लामा हालसम्म ४२ हजार चार सय ५९ लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान भएको जनाइएको छ । जिल्लामा पछिल्लो समय वार्षिक सरदर दुई हजार स्थानीय बासिन्दाले नागरिकता लिने गरेको अभिलेखले देखाएको छ । गत वर्ष वैवाहिक अङ्गीकृत एकजना समेत कूल दुई हजार ५४ नागरिकता प्राप्त गरेका थिए ।

जिल्लाभित्र पर्नसक्ने विपद्को उद्धार एवं राहतका पूर्वतयारी गरिएको र निर्माणाधीन विद्युत् आयोजनामा वार्ताको माध्यमबाट आइपर्ने समस्या समाधानमा सहजीकरण गर्दै आएको प्रजिअ जैसीले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : ५५ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी