टाटा मोटर्सद्वारा जुलाई महिनाको बिक्री तथ्यांक सार्वजनिक « Khabarhub

टाटा मोटर्सद्वारा जुलाई महिनाको बिक्री तथ्यांक सार्वजनिक


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ । विगत एक वर्षदेखि उल्लेख्यरूपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रहेको थियो । यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७,५०५ वटा गाडीहरू बिक्री भएको छ । अघिल्लो वर्षको यसै महिना ३०,१८४ वटा गाडीहरू बिक्री भएको थियो । तुलनात्मक  हिसाबले यो ५७ प्रतिशतको वृद्धि दर हो ।

नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्योगको सबैभन्दा बढी बिक्री हुने ५ गाडीहरुमध्ये एक पनि हो । यस एसयुभीको अलावा पन्चएल्ट्रोजको बजार बिक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको छ । परिणामस्वरूप टाटाका गाडीहरूको कूल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ / नयाँ रेकर्डको कायम भइरहेको छ । गत महिना ५, ४३३ वटा टाटा टिगोरको बिक्री भएको थियो । यो मासिक बिक्री संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो।

नेक्सन, टियागोटिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भएपश्चात यी तिनै वटा गाडीहरूको बिक्री परिमाणमा ठूलो अभिवृद्धि भएको छ । गतवर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ । यसरी यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ।

सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ । सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्ममा आधारित दोश्रो मोडल हो।

गतमहिना ११, ००७ वटा पन्च बिक्री भएको थियो जसका कारण टाटा मोटर्सले भारतीय चारपाङ्ग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। टाटा मोटर्सको नेक्सन ईभीटिगोर ईभीको गत महिना कूल बिक्री संख्या ४,०२२ रहेको छ ।

यो संख्या कम्पनीको आजसम्मकै विद्युतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो । आफ्नो विद्युतीय गाडीहरूको बढ्दो लोकप्रियताबाट उत्साहित हुँदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभीम्याक्स बजारमा ल्याएको हो।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : ३१ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर