सुदूरपश्चिममा पहिलो पटक डायलाइसिस सेवा सुरु « Khabarhub

सुदूरपश्चिममा पहिलो पटक डायलाइसिस सेवा सुरु


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा नै पहिलोपटक धनगढीस्थित नवजीवन अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ । मार्क इन्टरनेशनल किड्नी सेन्टर र नवजीवन अस्पतालको सहकार्यमा आजदेखि उक्त सेवा सञ्चालनमा आएको हो ।

सुदूरपश्चिमका मिर्गौला बिरामीको सहजताका लागि करिब रु पाँच करोडको लागतमा डायलासिस सेवा सञ्चालन गरिएको नवजीवन अस्पतालका प्रमुख कार्यकारी निर्देशक चक्र कठायतले जानकारी दिए । पहिलो चरणमा १० शैय्याबाट उक्त सेवा सञ्चालन गरिएको हो ।

‘एक महिनामा एक सय २० देखि एक सय ५० बिरामीलाई डायलाइसिस सेवा दिने लक्ष्य छ’, उनले भने ।

एक पटक डायलासिस गरेको रु तीन हजारदेखि रु चार हजारसम्म खर्च लाग्ने डा अर्चनकुमार राणाले बर्ता । यसअघि सुदूरपश्चिमका मिर्गौला बिरामीले डायलाइसिस सेवाका लागि सेती प्रादेशिक अस्पतालमा लामो समयसम्म पालो कुर्नुपर्ने तथा काठमाडौँसम्म धाउनुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ५० बजे

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद