सुदूरपश्चिममा पहिलो पटक डायलाइसिस सेवा सुरु « Khabarhub

सुदूरपश्चिममा पहिलो पटक डायलाइसिस सेवा सुरु


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा नै पहिलोपटक धनगढीस्थित नवजीवन अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ । मार्क इन्टरनेशनल किड्नी सेन्टर र नवजीवन अस्पतालको सहकार्यमा आजदेखि उक्त सेवा सञ्चालनमा आएको हो ।

सुदूरपश्चिमका मिर्गौला बिरामीको सहजताका लागि करिब रु पाँच करोडको लागतमा डायलासिस सेवा सञ्चालन गरिएको नवजीवन अस्पतालका प्रमुख कार्यकारी निर्देशक चक्र कठायतले जानकारी दिए । पहिलो चरणमा १० शैय्याबाट उक्त सेवा सञ्चालन गरिएको हो ।

‘एक महिनामा एक सय २० देखि एक सय ५० बिरामीलाई डायलाइसिस सेवा दिने लक्ष्य छ’, उनले भने ।

एक पटक डायलासिस गरेको रु तीन हजारदेखि रु चार हजारसम्म खर्च लाग्ने डा अर्चनकुमार राणाले बर्ता । यसअघि सुदूरपश्चिमका मिर्गौला बिरामीले डायलाइसिस सेवाका लागि सेती प्रादेशिक अस्पतालमा लामो समयसम्म पालो कुर्नुपर्ने तथा काठमाडौँसम्म धाउनुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ५० बजे

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको