अमेरिकी सभामुख पेलोसी ताइवानमा, चीनद्वारा विरोध « Khabarhub

अमेरिकी सभामुख पेलोसी ताइवानमा, चीनद्वारा विरोध


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीनको विरोधका बावजुत अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन् । पेलोसी अमेरिकी सेनाको यूएस सी ४० विमानमा मलेसिया हुँदै ताइवानको राजधानी ताइपेइ पुगेकी हुन् ।

बेइजिङले ताइवान भ्रमण नगर्न चेतावनी दिंदा समेत पेलोसीको ताइवान भ्रमण भएको हो ।उनले ताइवान भ्रमणको क्रममा राष्ट्रपति साइ सिङलाई भेट्ने कार्यक्रम छ ।

अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमान उनको सुरक्षामा खटाइएको थियो । उनको ताइवान भ्रमणले चीन र अमेरिका बीचको सम्बन्धमा थप तनाव थपेको छ । चीनले उनको भ्रमणप्रति कडा विरोध जनाएको छ ।

उनले ताइवान अवतरण गर्ने वित्तिकै सवा दुई करोड ताइवानीको लागि अमेरिकाको ऐक्यबद्धता अहिले सबैभन्दा महत्वपूर्ण भएको बताईन ।

पेलोसी ले ताइवानको लोकतन्त्रलाई सघाउने अमेरिकाको अटूट प्रतिबद्धताको सम्मान गरेको धारणा समेत राखिन् । पेलोसीले जारी गरेको वक्तव्यमा ताइवानी नेतृत्वसंगको छलफल दुई मुलुकका साझा हितको प्रर्वद्धनमा केन्द्रित हुने बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : २८ बजे

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद