पहिरोका कारण मध्यपहाडी लोकमार्गको रुकुम(पूर्व)खण्ड अवरुद्ध « Khabarhub

पहिरोका कारण मध्यपहाडी लोकमार्गको रुकुम(पूर्व)खण्ड अवरुद्ध


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम(पूर्व)– जिल्लाको भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार सडकमा पहिरोसँगै ठूलठूला ढुङ्गासमेत झरेका छन् । तत्काल पहिरो हटाउन सम्भव नभएको डाँगीले बताए। ‘भोलि बिहानैदेखि पहिरो पन्छाउँछौँ’, उनले भने।

सडक अवरुद्धपछि यात्रु बाटोमै अलपत्र परेका छन् । मध्यपहाडी लोकमार्गहुँदै काठमाडौँ, पोखरा, बागलुङ र रोल्पाबाट आएका यात्रु भूमे गाउँपालिका–२ काँक्री र खाबाङमा बस्न भनिएको र रुकुम(पश्चिम) बाट आउनेलाई रुकुमकोटमै बास बस्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ४३ बजे

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद