एमालेसँग एकता हुँदैन, माओवादी र समाजवादीसँग छलफल जारी छ : वामदेव गौतम « Khabarhub

एमालेसँग एकता हुँदैन, माओवादी र समाजवादीसँग छलफल जारी छ : वामदेव गौतम


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसंग छलफल भइरहेको दावी गरेका छन् ।

भैरहवामा आज सञ्चारकर्मीसंग कुरा गदै गौतमले निर्वाचन अघि एकता हुन नसके माओवादी केन्द्र र एकीकृत समाजवादीसंग चूनावी मोर्चा बनाउने बताएका हुन् ।
उनले अहिले नै एमालेसंग एकता नहुने स्पष्ट पारे । आफुसंगको भेटमा एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समााजवादीसंग पार्टी एकता र माओवादीसंग कार्यरत एकता हुन सक्ने बताएको गौतमले बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी सहभागी जनाउने बताए ।

गौतमले सधैंभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने तर्क गर्नुभयो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ११ : १३ बजे

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद