दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर संघ र प्रदेशको चुनाव मंसिर ४ मा एकै चरणमा गर्ने सरकारको घोषणा,भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित, आउँदो चुनावमा झन्डै १० लाख मतदाता थपिने आयोगको अनुमान, सरकार प्रति एमाले नेता रावलको आक्रोश, नेपाल–जापान श्रम सम्झौता परिमार्जन गर्ने सहमति,लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

संघ र प्रदेशको चुनाव मंसिर ४ मा एकै चरणमा गर्ने सरकारको घोषणा

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित
निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ ।

आयोगले आज बिहीवार पत्रकार सम्मेलन गरेर केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी आजदेखि सुरु भइसकेको जनाएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले भोलिदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताए । तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा पर्सि २१ गतेसम्म समय निर्धारण गरिएको जानकारी दिए ।

आउँदो चुनावमा झन्डै १० लाख मतदाता थपिने आयोगको अनुमान
निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै १० लाख जना मतदाता थपिने अनुमान गरेको छ ।

निर्वाचन आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गएको वैशाख ३० गते भएको पालिका चुनावमा एक करोड ७७ लाख जना मतदाता रहेकोमा आउँदो चुनावमा १० लाख जना बढेर एक करोड ८५ देखि ८७ लाख जना पुग्ने अनुमान गरिएको बताए ।

यसैबीच आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी आजदेखि सुरु भइसकेको आयोगले जनाएको हो ।

कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरूलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिएका छन ।

आफूहरु निर्वाचनबाट नभाग्ने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भनाइ
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावमा उठेर विजयको डङ्ग बजाउने बताउएका छन ।

आज काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यसको सामाना गरेर, चुनावमा उठेर विजयको डङ्ग बजाएर आउने बताउएका हुन ।

उनले राजनीति छाड्न खोजेपनि परिस्थितिले छाड्न नदिएको र केहि बर्ष सक्रिय हुने जिकिर गरे । अध्यक्ष नेपालले आगामी चूनावको मिति घोषणा भइसकेको अवस्थामा गठबन्धन कायम रहदैन की भन्ने आशंका नगर्न आग्रह गरे ।

गठबन्धन दलहरु मिलेर नै चूनावमा जाने घोषणा शुक्रबार गरिने उहाले जानकारी दिए । उनले समाजवादीले गठबन्धनभित्रै तेस्रो मोर्चा पनि बनाउने जिकिर गरे ।

सप्तकोशीका बाढी पीडितलाई सरकारले उचित प्रवन्ध गर्ने परराष्ट्रमन्त्री खड्काको भनाई
परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताएका छन।

बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुवानमा परेका उदयपुरका बिभिन्न स्थान र कोसी कटान क्षेत्रको निरिक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रवन्ध गर्ने बताएका हुन ।

कोसीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढि सर्वसाधारण विस्थापित भएका छन् ।

सरकार प्रति एमाले नेता रावलको आक्रोश
नेकपा एमालेका सांसद डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेश गर्नुपर्ने बताएका छन ।

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको मिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा राववले एसपीपीमा सहभागी नहुने निर्णय गरेर अमेरिकालाई नै पत्र पठाइसकेको अवस्थामा सरकारले संसदीय समितिमा उक्त पत्र पेश गर्नुपर्ने बताएका हुन ।

एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ भएकै कारण सरकार प्रति अविश्वास बढेको उनको भनाई छ । संसदीय समितिको निर्णय कानूनी शासन मान्ने सरकारले मान्नुपर्ने रावलले बताए ।

क्यान्डिड न्यूजमा एकै छिन ब्रेक । ब्रेकपछि हामी २८ औं विश्व आदिवासी दिवस जनजाती संघ संस्थाहरुले सप्ताहव्यापी रुपमा मनाउने, नेपाल–जापान श्रम सम्झौता परिमार्जन गर्ने सहमति, लगायतका समाचार प्रशारण गर्नेछौं ।

नेपाल–जापान श्रम सम्झौता परिमार्जन गर्ने सहमति

तीन वर्षअघि सहमति भई कार्यान्वयनमा नआएको नेपाल र जापानबीचको श्रम सम्झौतालाई परिमार्जन गर्न दुवै पक्ष सहमत भएका छन् ।

नेपाल र जापानका उच्च अधिकारीहरुको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले श्रम सम्झौतालाई परिमार्जन गर्ने सहमति भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल तथा जापानका समसायिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएकोले तयारी थाल्ने सहमति भएको छ । सन् २०१९ मार्चमा सम्पन्न सम्झौताअनुसार सरकार र सरकारबीच नै कामदार पठाउने सम्झौता भएको थियो । त्यस अनुसार कामदार पठाउन सकिएको छैन ।

 

प्रहरीकै पेस्तोल देखाएर चिनियाँको अपहरण, न्यायाधीशका पीएसओ र घुमुवा पनि संलग्न

नेपालमा बस्दै आएका एकजना चिनियाँ नागरिक चुङ याङयाङको अपहरणका लागि प्रहरीकै पेस्तोल प्रयोग भएको खुलेको छ ।

ती चिनियाँ नागरिकलाई अपहरण गर्ने क्रममा उच्च अदालत पाटनको एकजना न्यायाधीशका पीएसओ ३७ वर्षीय हवलदार कर्ण गुरुङले बोक्दै आएको सरकारी पेस्तोल देखाएर अपहरण गरेको खुलेको हो ।

प्रहरीले चिनियाँ नागरिकको अपहरणमा संलग्न भएको अभियोगमा हवलदार गुरुङ र महानगरीय प्रहरी बृत्त बालाजुका घुमुवा २८ वर्षीय शिव सुनुवारलाई पनि पक्राउ गरेको छ ।

शेयर बजार उच्च अङ्कले घट्यो, ३ अर्ब ७६ करोड रुपैयाँको कारोबार
शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ६१ अङ्कले घटेर २ हजार १ सय ४८ दशमलव १६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय १५ वटा कम्पनीको ८५ लाख ६९ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।


 

 

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ८ : ५६ बजे

मध्यभोटेकोशी आयोजनाबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली

काठमाडौं – चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

तेह्रथुम– जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन 

सुनसरी– तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको उपाधि