नेपाली संसदीय टोली र बंगलादेशकी प्रधानमन्त्रीबीच भेटवार्ता  « Khabarhub

नेपाली संसदीय टोली र बंगलादेशकी प्रधानमन्त्रीबीच भेटवार्ता 


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सांसदहरूको प्रतिनिधिमण्डलले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेको छ । भेटवार्ता बंगलादेशको राजधानी ढाकास्थित हसिनाको कार्यालयमा भएको थियो ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ८ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल अहिले बंगलादेश भ्रमणमा रहेको छ ।

भेटवार्तामा द्विपक्षीय र आर्थिक सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

सभापति खरेलले बंगलादेशकी प्रधानमन्त्रीसँगको भेटमा दुई देशबिच संसदीय कार्यक्रमको आदानप्रदान अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिएको ढाकास्थित नेपाली दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले जलविद्युत, व्यापार र पर्यटन क्षेत्रमा स्थापित संयन्त्रमार्फत सहकार्यलाई तीव्रता दिएमा दुवै देशलाई फाइदा पुग्ने बताएकी थिइन् ।

बंगलादेशकी प्रधानमन्त्री हसिनाले भेटमा सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्राममा नेपाली नेताहरूको योगदान र सहयोगको स्मरण गरेकी थिइन् । नेपाल र बंगलादेशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ रहेकोमा उनले सन्तोष व्यक्त गरेकी थिइन् ।

बिहीबार बंगलादेशको विदेश मामिलासम्बन्धी संसदीय समितिसँग नेपालको संसदीय प्रतिनिधिमण्डलले अन्तरक्रिया गरेको थियो । दुवै देशका संसदमा मित्रता समूहको स्थापनालगायत संसदीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा अन्तरक्रिया केन्द्रित थियो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ५३ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट