अछाममा शिक्षा क्षेत्रका लागि डेढ अर्बभन्दा बढी बजेट « Khabarhub

अछाममा शिक्षा क्षेत्रका लागि डेढ अर्बभन्दा बढी बजेट


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय सरकारबाट डेढ अर्ब रुपैयाँभन्दा बढी बजेट प्राप्त गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले यहाँका स्थानीय तहहरूमा एक अर्ब ५५ करोड ७१ लाख १४  हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । 

सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बजेट प्राप्त गरेका छन् । साँफेबगर नगरपालिकाको शिक्षा शाखालाई कर्मचारी तलब भत्ताबफत २३ करोड १५ लाख ९३ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ६१ लाख ३७ हजार, विद्यालय सञ्चालन अनुदान ६२ लाख ६१ हजार र शैक्षिक गुणस्तर सुदृढिकरणको लागि एक करोड ४४ लाख १२ हजार गरी २६ करोड ८४ लाख तीन हजार रकम प्राप्त भएको छ ।

सबैभन्दा कम रकम प्राप्त गरेको बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा शाखाले कर्मचारी तलब भत्ता नौ करोड ६४ लाख एक हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा ५० लाख नौ हजार, विद्यालय सञ्चालन अनुदान २१ लाख ८६ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि २६ लाख ४५ हजार गरी १० करोड ४८ लाख एक हजार  रकम प्राप्त गरेको छ । 

यस्तै, मंगलसैन नगरपालिकाको शिक्षा शाखाले कर्मचारी तलबभत्तामा १६ करोड ९८ लाख ७२ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ५० लाख १६ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख ५० हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि ६० लाख ३४ हजार गरी १९ करोड ५० करोड ७१ हजार प्राप्त गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिकाको शिक्षा शाखालाई कर्मचारी तलबभत्ता १३ करोड ७७ लाख चार हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ५९ लाख ३२ हजार, विद्यालय सञ्चालन अनुदान ४६ लाख ८७ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणमा एक करोड ३४ लाख २३ हजार गरी १६ करोड ४८ लाख १५ हजार रुपैयाँ विनियोजित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

रामारोशन गाउँपालिकाको शिक्षा शाखामा कर्मचारी तलबभत्तामा ११ करोड ६६ लाख ९८ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा १ करोड ३७ लाख २७ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख २७ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि दुई करोड १६ लाख ६ हजार गरी १५ करोड ४७ लाख १८ हजार, कमलबजार नगरपालिकाको शिक्षा शाखाले कर्मचारी तलबभत्ता १३ करोड ४६ लाख, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ३१ लाख १७ हजार, विद्यालय सञ्चालन अनुदान ३८ लाख ८७ हजार, शैक्षिक गुणस्तर सुदृढीकरण ५० लाख ७४ हजार गरी १५ करोड २५ लाख ३८ हजार रकम प्राप्त भएको छ ।

तुर्माखाँद गाउँपालिकाको शिक्षा शाखामा कर्मचारी तलबभत्तामा १२ करोड ९२ लाख ८२ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड ३१ लाख नौ हजार, विद्यालय सञ्चालन अनुदान ४२ लाख ८२ हजार, शैक्षिक गुणस्तर सुदृढीकरणमा ५० लाख ५५ हजार गरी १५ करोड १७ लाख २८ हजार, मेल्लेख गाउँपालिकाले कर्मचारी तलबभत्तामा १० करोड ७८ लाख, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड १५ लाख २५ हजार, विद्यालय सञ्चालन अनुदान ३४ लाख ९ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि एक करोड ८२ लाख तीन हजार गरी १३ करोड ३२ लाख १५ हजार रकम प्राप्त गरेका छन् । 

चौरपाटी गाउँपालिकाको शिक्षा शाखाले कर्मचारी तलबभत्ता नौ करोड ७७ लाख सात हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा ९४ लाख ९९ हजार, विद्यालय सञ्चालन अनुदान ३२ लाख ३१ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणमा एक करोड ८० लाख ७६ हजार गरी १२ करोड ८५ लाख १३ हजार र ढकारी गाउँपालिकाले कर्मचारी तलबभत्ता आठ करोड ६५ लाख १९ हजार, विद्यार्थी प्रोत्साहन तथा सुविधा एक करोड २१ लाख ४१ हजार, विद्यालय सञ्चालन अनुदान ४१ लाख ७६ हजार, शैक्षिक गुणस्तर सुदृढिकरणको लागि ४७ लाख ९५ हजार गरी १० करोड ७६ लाख ३२ हजार रुपैयाँ विनियोजित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ४३ बजे

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका