नौ वर्षपछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन « Khabarhub

नौ वर्षपछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुर र ठिमी नगरपालिकाले बिहीबार जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन रहेको जनाएको छ।

मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबर र शुक्रबार दुई दिन लगातर हुने जनाएपछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात् शुक्रवार नै दुवै परेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो।

पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रबार एकैदिन गर्न गराउन समेत आग्रह गरेको छ।

बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाइ छ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ। सोसँगै झन्डै ९ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेको हो।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ९ : ५० बजे

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

काबुल – अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

इलाम गोल्डकप : मछिन्द्र फाइनलमा

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश