क्राइमियास्थित रुसी सैनिक विमानस्थल क्षतिग्रस्त, सैनिकले चुरोट पिएर घटना भएको युक्रेनी रक्षामन्त्रीको टिप्पणी | Khabarhub Khabarhub

क्राइमियास्थित रुसी सैनिक विमानस्थल क्षतिग्रस्त, सैनिकले चुरोट पिएर घटना भएको युक्रेनी रक्षामन्त्रीको टिप्पणी


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१४ यता रुसले नियन्त्रणमा लिएको क्राइमिया प्रायद्विपमा रहेको एउटा रुसी सैनिक विमानस्थल क्षतिग्रस्त भएको पाइएको छ । भू उपग्रहमार्फत् खिचिएको तस्वीरबाट क्राइमियाको साकी सैनिक आधार केन्द्र क्षतिग्रस्त भएको पाइएको बीबीसीले जनाएको छ ।

क्राइमियाको पश्चिममा रहेको उक्त सैनिक विमानस्थलमा गत मंगलबार अज्ञात क्षेप्यास्त्रबाट आक्रमण भएको समाचार सार्वजनिक भएको थियो । घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ ।

बीबीसीले जनाएअनुसार भू उपग्रहमार्फत् लिइएको तस्वीरमा विमानस्थलको भौतिक संरचनामा क्षति पुगेको एवम् ८ वटा रुसी लडाकु विमानहरु पनि क्षतिग्रस्त भएको देखिएको छ । यद्यपि विमानस्थलको धावनमार्गमा भने कुनै क्षति नपुगेको जनाइएको छ ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता क्राइमियास्थित रुसी सैनिक संरचनामा भएको यस आक्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । युक्रेनी पक्षले घटनाको जिम्मेवारी हालसम्म स्वीकार गरिसकेको छैन ।

युक्रेनी रक्षामन्त्रीले भने गैरजिम्मेवार रुसी सैनिकले घटना गराएको हुनसक्ने टिप्पणी गरेका छन् ।

‘मेरो विचारमा रुसी सेनाका केटाहरुले सामान्य नियम भंग गरे – खतरनाक ठाउँमा चुरोट नखानु ।’ युक्रेनी रक्षामन्त्री ओलेक्सेई रेज्निकोभलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ, ‘भएको त्यही हो ।’

यद्यपि नयाँ तथ्यहरुबाट यो सैनिक संरचनामा लक्षित हमलाको सम्भावना देखिएको जनाइएको छ । बीबीसीका अनुसार रुसी पक्षले भने गोलाबारुदको भण्डारमा आगलागी र विस्फोट भएका कारण विमानस्थलमा क्षति पुगेको बताएको छ ।

अमेरिकामा आधारित प्लानेट ल्याब्स नामक संस्थाले क्राइमियाको सैनिक विमानस्थलको तस्वीर सार्वजनिक गरेको हो ।

युक्रेनी वायुसेनाले घटनामा दर्जनजति रुसी लडाकु विमान ध्वस्त भएको दाबी गरेको छ । यद्यपि रुसी पक्षले घटनामा कुनै विमानमा पनि क्षति नपुगेको दाबी गरेको छ । यद्यपि नयाँ सार्वजनिक भू उपग्रह तस्वीरबाट रुसी दाबी झूठो रहेको पुष्टि भएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ३ : ५८ बजे

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी– करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त

राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र

मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अग्निपथ म्युजिक भिडियोका

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल