भारतीय नौसेनामा थपिए दुई नयाँ ‘रोमियो’ हेलिकोप्टर « Khabarhub

भारतीय नौसेनामा थपिए दुई नयाँ ‘रोमियो’ हेलिकोप्टर


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय नौसेनालाई दुईवटा अत्याधुनिक हेलिकोप्टर प्रदान गरिएको छ । भारतीय नौसेनालाई प्रदान गरिएको अत्याधुनिक एमएच ६० रोमियो हेलिकोप्टर कोचिन विमानस्थलतर्फ लगिएको हो ।

त्यसैगरी तेस्रो रोमियो हेलिकोप्टर अर्को महिनाभित्र प्रदान गरिसक्ने योजना रहेको छ ।

यसअघि गत वर्ष भारतीय नौसेनालाई पहिलो पटक तीन हेलिकोप्टर प्रदान गरिएको थियो । हाल ती हेलिकोप्टरलाई चालक दलका सदस्यलाई तालिम दिने काममा प्रयोग गरिएको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतमा २४ रोमियो हेलिकोप्टरको माग रहेको छ । यी हेलिकोप्टरहरु सन् २०२५ भित्र आपूर्ति भइसक्ने जनाइएको छ ।

अमेरिकाको प्रख्यात हतियार निर्माता कम्पनी लकहिड मार्टिनले निर्माण गरेको यस हेलिकोप्टर पनडुब्बीभेदी, युद्धपोतभेदी, विशेष समुद्री कारवाही एवम् खोजी तथा उद्धारकार्यका लागि उपयुक्त रहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ४५ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको