भुवन केसीविरुद्ध मुद्धाको पेसी सोमबारका लागि सर्‍यो | Khabarhub Khabarhub

भुवन केसीविरुद्ध मुद्धाको पेसी सोमबारका लागि सर्‍यो


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता भुवन केसीविरुद्ध परेको मुद्धाको पेसी सोमबारका लागि सरेको छ । यसअघि विहीबारका लागि तोकिएको पेसी सरेको हो ।

चलचित्र विकास बोर्ड अध्यक्षमा भुवनको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्धा दर्ता गरिएको थियो । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले भुवनको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नु कानुन विपरीत भएको रिट निवेदनमा उल्लेख गरिएको छ । भुवन केसीले जेठ २१ देखि रिक्त रहेको पदमा मनोनयन पाएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १० : ५३ बजे

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे

तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर

काठमाडौं – तेलुगु नायक विजय देवरकोन्डाविरुद्ध मुद्दा दायर भएको छ

प्रतिनिधिसभाबाट आज बजेट पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।