पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन सम्पन्न « Khabarhub

पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन सम्पन्न


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवन राम श्रेष्ठले उक्त संग्रहालय तथा महास्नान घरको समुद्घाटन गरेका हुन् । उक्त समारोहमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा संचारकर्मी हरुको उपस्थिति रहेको थियो ।

धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरू, ढुंगाका मूर्तिहरू, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुन्डो एवम् पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छबिकालिन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरू, प्राचीन मुद्राहरू, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्रीहरू सङ्ग्रहालयको मुख्य आकर्षण रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नानघर भवनलाई पुनर्निर्माण गरी यस ‘पाशुपत क्षेत्र’ मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीहरूलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतिकरण गरी सङ्ग्रहालयको रुपमा विकास गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको र पुननिर्माण पश्चात नेपाल इन्भेष्टमेण्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ । साथै बैंकले पशुपति संग्रहालय महास्नानघर परियोजनामा ५,१४,००,००० तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोड भन्दा बढी सहयोग गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै कला, संस्कृति, एवम् खेलकुदको संरक्षण तथा प्रवर्द्धनका लागि सँधै सहकार्य गर्दै आएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका विभिन्न मठ-मन्दिर, पाटी-पौवा तथा घाट आदिको पुनर्निर्माण एवम् जात्रा, पर्व आदिको प्रवर्द्धनमा बैंकको कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीअन्तर्गत आर्थिक सहयोग मात्र नभई वस्तुगत रूपमै सम्पदाको संरक्षण तथा प्रर्वद्धन गर्दै आएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ०४ बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक