उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड | Khabarhub Khabarhub

उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल–कोरिया मैत्री सङ्घ र सङ्गुन समर्थक संस्थाले नेता किम जोन इलले कोरियाली सेनालाई निर्देशन दिएको ६२ औँ वर्ष पुगेका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा कोरियाका जनताले स्वतन्त्रता र स्वाधीनताका लागि देखाएको एकताको सराहना गर्दै अध्यक्ष तिमिल्सिनाले सरकारदेखि सरकारको सम्बन्धलाई अब जनतादेखि जनतासम्म पुर्‍याउन खाँचो रहेको औँल्याए ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले वैदेशिक हस्तक्षेपलाई निस्तेज गरी कोरियाले आफ्नो राष्ट्रियता संरक्षणका लागि देखाएको दृढताबाट नेपालले शिक्षा लिनुपर्ने विचार व्यक्त गरे।

सांसद नविना लामाले नेपालको दिगो विकासका लागि वामपन्थी शक्तिबीच एकताको आवश्यकता रहेको बताइन्। राजनीतिक विश्लेषक सुरेन्द्र केसीले रोजगारीका साथै अवसरका खोजीमा करिब ८० लाख युवा शक्ति विदेशिएको अहिलेको समयमा नेपालमा गरिने कुनै पनि क्रान्ति सफल नहुने विचार व्यक्त गरे।

नेपाल–कोरिया मैत्री सङ्घका महासचिव फणिन्द्रराज पन्त, वामपन्थी नेताहरु हस्तबहादुर केसी र दावा तामाङले उत्तर कोरिया र दक्षिण कोरियाको जनताको पुन एकीकरण हुने चाहना भएकाले त्यो पूरा हुनुपर्ने शुभेच्छा व्यक्त गरे।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : २१ बजे

सङ्घीयता कार्यान्वयनमा आवश्यक कानून निर्माण गर्न सरकार गम्भीर : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा

माधव नेपालको मुद्दामा बहस भइरहँदा विशेष अदालतमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार

१५ गते कर्णालीका नौ जिल्लामा बिदा

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामध्ये १५ असारमा नौ जिल्लामा सार्वजनिक

अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब अनुमति लिएर मात्र एम्बुलेन्स

सरोज गुरागाईंले पठाएका फाइल सदर गरेका बालेन उनैसँग बैठकमा बस्न मानेनन्

काठमाडौं- देशका ६ मध्ये पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का