ऊर्जामन्त्री भुसाल र बङ्गलादेशी प्रतिनिधिमण्डलबीच भेटवार्ता « Khabarhub

ऊर्जामन्त्री भुसाल र बङ्गलादेशी प्रतिनिधिमण्डलबीच भेटवार्ता


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

बुधबारदेखि काठमाडौँमा हुने नेपाल–बङ्गलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज मन्त्री भुसालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो ।

भेटमा मन्त्री भुसालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरिन् । उनले नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बङ्गलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। मन्त्री भुसालले बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा विचार विमर्श हुने विश्वाससमेत व्यक्त गरिन्।

ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण लाइनको निर्माण र व्यापारका लागि बङ्गलादेश, भुटान, भारत र नेपाल(बिबिआइएन) माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै उनले बिबिआइएनलाई सक्रिय तुल्याउन बङ्गलादेशले महत्त्वपूर्ण पहल लिन सक्ने बताइन्।

सो अवसरमा बङ्गलादेशका पावर, इनर्जी एन्ड मिनिरल रिसोर्सेस मन्त्रालयका सचिव महोमद हबिबुर रहेमानले नेपालमा उत्पादन भएको स्वच्छ ऊर्जा आफ्नो देशका लागि आवश्यक भएको बताए। उनले आफूहरू नेपालको विद्युतीय ऊर्जा बङ्गलादेश लैजान चाहेको बताए। उनले नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर विद्युत् आफ्नो देशमा लैजान पहल गरिरहेको जानकारी गराए।

बैठकमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, सहसहिच मधु भेटुवाल, बाबुराम भण्डारीसहित परराष्ट्र प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ०० बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक