‘वाह अलैँची’ नामक कार्यक्रम सुरु | Khabarhub Khabarhub

 ‘वाह अलैँची’ नामक कार्यक्रम सुरु


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल अलैँची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैँचीको बजारीकरणका लागि ‘वाह अलैँची’ नामक कार्यक्रम सुरुआत गरेको छ । अलैँचीको प्रवर्द्धन गर्ने उद्देश्यले स्विस सरकारको सहज कार्यक्रमअन्तर्गत वाह अलैँची कार्यक्रम सुरुआत गरिएको हो । 

स्वीस कार्यक्रममार्फत नै मास्टर सेफ सन्तोष साहलाई अलैँचीको ब्राण्ड एम्बासडर नियुक्त गर्दै कार्यक्रमको सुरुआत गरिएको हो । प्रदेश नं १ सरकारको सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले नेपालमा उत्पादित अलैँची विश्व बजारमा प्रख्यात रहे पनि नेपालमा यसको प्रयोग ज्यादै न्यून रहेकाले नेपाली उपभोक्ता माझ पनि अलैँचीका विषयमा जानकारी दिनुपर्ने बताए । उनले अलैँची उत्पादन गर्ने कृषक र व्यवसायीका लागि प्रदेश सरकारले सहयोग पुर्‍याउने बताए । 

नेपालमा वार्षिक रु सात अर्बको अलैँची उत्पादन हुँदै आएको छ । नेपालका ४५ जिल्लाको झण्डै १८ हजार ४०० हेक्टर क्षेत्रफलमा व्यावसायिकरूपमा अलैँची खेती हुँदै आएको र वार्षिक करिब पाँच हजार पाँच सय मेट्रिकटन अलैँची उत्पादन हुने गरेको नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए  । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ३७ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको