देउडा गायक रावतद्वारा कैलाली क्षेत्र नम्बर ४ 'ख' मा उम्मेदवारी घोषणा | Khabarhub Khabarhub

देउडा गायक रावतद्वारा कैलाली क्षेत्र नम्बर ४ ‘ख’ मा उम्मेदवारी घोषणा


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरत रावत डोटेली कान्छाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यसमेत रहेका रावतले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘क’ बाट प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘राजनीतिमा युवा नेतृत्व आवश्यक छ । मैले पार्टीमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै आएको छु । पार्टीको वडादेखि केन्द्रसम्म नै सबैसँग राम्रो सम्बन्ध छ । पार्टीभित्रका सबै गुटले रुचाउने भएकाले पनि मेरो उम्मेदवारी हो । सबैले रुचाउने भएकै कारण मैले सहजै जित्नसक्छु,’ उनले भने ।

उनले आफूले सधैँ पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको बताएका छन् । ‘म प्रत्यक्षतर्फ मात्रै भन्दैन । पार्टीलाई सहज हुनेगरी समानुपातिकमा पठाउने निर्णय गरे पनि मेरा लागि स्वीकार्य हुन्छ । म सहज र सबैलाई सम्मान गरेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । तर, योगदानको उचित कदर हुनुपर्छ,’ उनले भने ।

उनले युवाहरूको चाहना र अग्रजको सुझाव अनुसार नै आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् । गोरिगंगा नगरपालिका-६ बनबेहडा निवासी रावत चर्चित लोकदेउडा गायकसमेत हुन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान सुदूरपश्चिम संयोजक, नेपाल सांस्कृतिक संघका केन्द्रीय उपाध्यक्ष तथा देउडा प्रतिष्ठानका उपाध्यक्ष रहेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेकाले उनको प्रदेश सभापति बीरबहादुर बलायर, केन्द्रीय सदस्य एनपी साउँद, रमेश लेखक र नैनसिंह महरालगायत केन्द्रीय नेताहरूसँग पनि राम्रो सम्बन्ध रहेको छ । सबैलाई मिलाउन सक्ने क्षमता, स्पष्ट बक्ता र लोकप्रिय कलाकार भएकाले पनि रावतले टिकट पाउने सम्भावना रहेको बताइएको छ । उनले जिम्मेवारी पाए सबैलाई मिलाएर लैजाने कुरामा आफू सधैँ सजग रहने बताएका छन् । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ५६ बजे

माधव नेपालको मुद्दामा बहस भइरहँदा विशेष अदालतमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार

१५ गते कर्णालीका नौ जिल्लामा बिदा

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामध्ये १५ असारमा नौ जिल्लामा सार्वजनिक

अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब अनुमति लिएर मात्र एम्बुलेन्स

सरोज गुरागाईंले पठाएका फाइल सदर गरेका बालेन उनैसँग बैठकमा बस्न मानेनन्

काठमाडौं- देशका ६ मध्ये पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का

पर्यटन प्रवर्द्धनको पर्खाइमा होङ्मा पोखरी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित पर्यटकीय सम्भावना बोकेको होङ्मा पोखरी पर्यटन