देउडा गायक रावतद्वारा कैलाली क्षेत्र नम्बर ४ ‘ख’ मा उम्मेदवारी घोषणा « Khabarhub

देउडा गायक रावतद्वारा कैलाली क्षेत्र नम्बर ४ ‘ख’ मा उम्मेदवारी घोषणा


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरत रावत डोटेली कान्छाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यसमेत रहेका रावतले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘क’ बाट प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘राजनीतिमा युवा नेतृत्व आवश्यक छ । मैले पार्टीमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै आएको छु । पार्टीको वडादेखि केन्द्रसम्म नै सबैसँग राम्रो सम्बन्ध छ । पार्टीभित्रका सबै गुटले रुचाउने भएकाले पनि मेरो उम्मेदवारी हो । सबैले रुचाउने भएकै कारण मैले सहजै जित्नसक्छु,’ उनले भने ।

उनले आफूले सधैँ पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको बताएका छन् । ‘म प्रत्यक्षतर्फ मात्रै भन्दैन । पार्टीलाई सहज हुनेगरी समानुपातिकमा पठाउने निर्णय गरे पनि मेरा लागि स्वीकार्य हुन्छ । म सहज र सबैलाई सम्मान गरेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । तर, योगदानको उचित कदर हुनुपर्छ,’ उनले भने ।

उनले युवाहरूको चाहना र अग्रजको सुझाव अनुसार नै आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् । गोरिगंगा नगरपालिका-६ बनबेहडा निवासी रावत चर्चित लोकदेउडा गायकसमेत हुन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान सुदूरपश्चिम संयोजक, नेपाल सांस्कृतिक संघका केन्द्रीय उपाध्यक्ष तथा देउडा प्रतिष्ठानका उपाध्यक्ष रहेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेकाले उनको प्रदेश सभापति बीरबहादुर बलायर, केन्द्रीय सदस्य एनपी साउँद, रमेश लेखक र नैनसिंह महरालगायत केन्द्रीय नेताहरूसँग पनि राम्रो सम्बन्ध रहेको छ । सबैलाई मिलाउन सक्ने क्षमता, स्पष्ट बक्ता र लोकप्रिय कलाकार भएकाले पनि रावतले टिकट पाउने सम्भावना रहेको बताइएको छ । उनले जिम्मेवारी पाए सबैलाई मिलाएर लैजाने कुरामा आफू सधैँ सजग रहने बताएका छन् । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ५६ बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु