चुनावमा हारे पनि आन्दोलनमा हार्नु हुन्न : बिजुक्छे « Khabarhub

चुनावमा हारे पनि आन्दोलनमा हार्नु हुन्न : बिजुक्छे


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)  ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकमा उहाँले चुनाव भनेको हारजितको खेल भएकाले त्यसमा हारे पनि जनताको पक्षमा हुने कुनै पनि आन्दोलन हार्न नहुनेमा जोड दिए ।

उनले मुलुकको परिस्थितिले नयाँनयाँ आन्दोलनको खाँचो भएको बताए । उनले भने, ‘मुलुकको अहिलेको अवस्थामा नयाँनयाँ आन्दोलन गर्नुपर्ने स्थिति बनेको छ । राजनीतिमा चुनावमा हार्न सक्छौँ तर कुनै पनि आन्दोलनमा हार्नुहुँदैन ।’

बैठकमा उनले कार्यकर्तामा आवश्यक गुणबारे स्पष्ट पार्दै प्रशिक्षण दिएका थिए । राजनीतिलाई फाइदा र बेफाइदामा केन्द्रित गर्दा मुलुक आजको अवस्थामा पुगेको विश्लेषण गर्दै उनले भने, ‘फाइदा–बेफाइदामा केन्द्रित हुने कार्यकर्तामा जुझारुपन हुँदैन । वैचारिकरूपले ठीक कार्यकर्ताहरूले पार्टीभित्र होस् या समाजमा संघर्ष गर्छन् ।’

वर्गीय तथा पेशागत सङ्गठनका इन्चार्जको उपस्थिति रहेको बैठकमा बिजुक्छेले आत्म समीक्षा तथा आत्मालोचना साङ्गठनिक जीवनको महत्वपूर्ण गुण रहेकोमा जोड दिए । “कुनै पनि कार्यकर्ता पार्टीप्रति इमानदार छ/छैन गतिविधिबाट थाहा हुन्छ, आफ्नो र परिवारको फाइदाको निम्ति होइन जनताको सेवामा कति समर्पित भयो भन्ने कुराले पार्टी कार्यकर्ताको मूल्यांकन गर्नु आवश्यक छ’, उनले भने । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : ०३ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक