विप्लवको बन्दः अछाममा आगजनी, कैलालीमा बम विस्फोट « Khabarhub

विप्लवको बन्दः अछाममा आगजनी, कैलालीमा बम विस्फोट


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव सुदुरपश्चिमका जिल्लामा बढी देखिएको छ । बन्दका कारण सुदूरपश्चिमको जनजीवन बिहानैदेखी प्रभावित बनेको छ ।

बन्दका कारण नौ वटै जिल्लाबाट बिहान छुट्ने यातायातका कुनैपनि साधन नछुटेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यातायातका साधन नछुटेपनि रात्रि बसहरुलाई स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाइरहेको प्रहरीले जनाएको छ। यस्तै क्याम्पस र विद्यालय पनि बन्द छन् ।

गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएपछि त्यसको विरोधमा बन्द घोषणा गरेको हो ।

कैलालीमा बम विस्फोट

कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । आज बिहान ४ बजे नगरपालिकाको कार्यालयमै बम विस्फोट गराईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

राति १ बजे नगरपालिकाका सुरक्षा गार्ड र प्रहरीले एक जनालाई झोला नगरपालिकामा फालेर जंगलतिर गएको देखेपछि विहान डिस्पोजका लागि टिम बोलाइएको थियो।

तर डिस्पोजल टोली पुग्नु अगाबै विहान ४ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। वम विस्फोट भएपनि मानवीय क्षती नभएको उनले बताए।

वडा कार्यालयमा आगजनी

यसैबीच, बन्दकै क्रममा अछाममा दुईवटा वडा कार्यालयमा आगजनी गरिएको छ। जिल्लाको पन्चदेवल विनायक नगरपालिका ३ र ढकारी गाउँपालिका ५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा गएराति २ बजेको समयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले जानकारी दिए ।

आगजनीबाट १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत कागजात जलेर नष्ट भएको प्रहरी नायब उपरिक्षक शाहीले बताए ।

त्यसैगरी ढकारी गाउँपालिका–५ को वडा कार्यालयमा पनि आगजनी भएको छ । आगजनी भएको ठाउँमा सुरक्षाकर्मी गइरहेको हुँदा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले आज बन्द आह्वान गरेका कारण बन्दलाई लक्षित गरी आगजनी गरिएको हुनसक्ने प्रहरीको दाबी छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ९ : ११ बजे

मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं–  सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका