खोलाले बगाएर ट्र्याक्टर चालक बेपत्ता  « Khabarhub

खोलाले बगाएर ट्र्याक्टर चालक बेपत्ता 


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

नदी किनारमा राईले लगाएको कपडा मात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासी समेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिए । म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना