नेपाल आएको भारतीय सेनाको टोलीले प्रधानमन्त्रीसँग गर्‍यो शिष्टाचार भेट « Khabarhub

नेपाल आएको भारतीय सेनाको टोलीले प्रधानमन्त्रीसँग गर्‍यो शिष्टाचार भेट


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दिने भ्रमणका लागि नेपाल आएको भारतीय सेना टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । उक्त टोलीले सोमबार रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो।

नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहितको ३१ सदस्यीय भ्रमणदल आइतबार नेपाल आएको थियो ।भ्रमण दलले सोमबार नै अर्थमन्त्री जनार्दन शर्मासँग पनि अर्थ मन्त्रालयमा भेटवार्ता गरेको छ।

प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटअघि भ्रमणदलले सैनिक मुख्यालय जंगी अड्डाको भ्रमण गरेको थियो। सो क्रममा भ्रमणदलले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेको छ। भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरू नेपाली सेनासँग सम्बन्धित विषयहरूमा आधारित प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भए ।

साथै उनीहरूले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्तासमेत गरे । भेटमा दुई देशका सैनिकबीचको सहकार्य र हितका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ।

भम्रण दलको नेतृत्व एयर भाइस मार्शल तेजवीर सिंहले गरेका छन्। भ्रमणदलमा भारत, भुटान, बंगलादेश, भियतनाम, साउदी अरब र अमेरिकाका अधिकारीहरू रहेका छन् ।

उनीहरूले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै मंगलबार पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ८ : ४६ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः