झापाका किसानले अझै राहत पाएनन् « Khabarhub

झापाका किसानले अझै राहत पाएनन्


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– झापाका किसानले बेमौसमी वर्षाबाट धानबालीमा पुगेको क्षतिको राहत अझै पाउन सकेका छैनन् । गत वर्ष विसं २०७८ असोजमा वर्षासहित आएको हावाहुरीले धानबालीमा क्षति पु¥याएपछि सरकारले कृषकलाई राहत दिने घोषणा गरेको थियो ।

आफूहरूले हालसम्म सरकारबाट राहत नपाएको शिवसताक्षी–६ धौलेचोकका कृषक लक्ष्मीप्रसाद भण्डारीले बताए ।

अविरल वर्षाका कारण झापामा ५१ हजार आठ सय ४५ किसानको धानबालीमा क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ । अविरल वर्षाको कारण यहाँको २१ हजार नौ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको थियो ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कअनुसार झापाका १५ वटै पालिकामा वर्षाले क्षति पु¥याएको थियो । वर्षाका कारण झापामा ३७ करोड ६४ लाख ३२ हजार दुई सय सय ९१ रुपैयाँ बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए ।

कृषकलाई राहत रकम उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पटकपटक आग्रहसहित पत्र पठाए पनि हालसम्म अर्थ मन्त्रालयले बजेट नपठाउँदा किसानलाई राहत रकम उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ३० बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः