झापाका किसानले अझै राहत पाएनन् « Khabarhub

झापाका किसानले अझै राहत पाएनन्


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– झापाका किसानले बेमौसमी वर्षाबाट धानबालीमा पुगेको क्षतिको राहत अझै पाउन सकेका छैनन् । गत वर्ष विसं २०७८ असोजमा वर्षासहित आएको हावाहुरीले धानबालीमा क्षति पु¥याएपछि सरकारले कृषकलाई राहत दिने घोषणा गरेको थियो ।

आफूहरूले हालसम्म सरकारबाट राहत नपाएको शिवसताक्षी–६ धौलेचोकका कृषक लक्ष्मीप्रसाद भण्डारीले बताए ।

अविरल वर्षाका कारण झापामा ५१ हजार आठ सय ४५ किसानको धानबालीमा क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ । अविरल वर्षाको कारण यहाँको २१ हजार नौ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको थियो ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कअनुसार झापाका १५ वटै पालिकामा वर्षाले क्षति पु¥याएको थियो । वर्षाका कारण झापामा ३७ करोड ६४ लाख ३२ हजार दुई सय सय ९१ रुपैयाँ बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले बताए ।

कृषकलाई राहत रकम उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पटकपटक आग्रहसहित पत्र पठाए पनि हालसम्म अर्थ मन्त्रालयले बजेट नपठाउँदा किसानलाई राहत रकम उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ३० बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड