नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै « Khabarhub

नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रोहितकुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा उक्त खेल अहिले पौने एक बजे सुरु हुँदैछ ।

यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल सात विकेटले विजयी भयो । केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । सो खेलमा नेपालका लागि आसिफ शेखले शतकीय पारी खेलेका थिए । उनले ११० रनको योगदान दिए । यस्तै अर्जुन साउदले ६१ रनको अद्र्धशतकीय पारी खेले ।

जितसँगै नेपालले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२० क्रिकेट सिरिज खेलेको थियो । नेपालले उक्त सिरिज ३–२ ले जित्यो । टी–२० सिरिजको कप्तानी नियमित कप्तान सन्दीप लामिछानेले गरेका थिए ।

उक्त सिरिज सम्पन्न भएपछि लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएका छन् । लामिछाने सीपीएलमा जमैका तालावाजमा आवद्ध छन् । नेपालले केन्यासितको अन्तिम एकदिवसीय खेल सोमबार खेल्ने तय भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १२ : ०३ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले