विश्व इतिहासमा आज : पहिलो ‘मिस अमेरिका’ घोषितदेखि तत्कालीन मेसेडोनिया स्वतन्त्रसम्म  « Khabarhub

विश्व इतिहासमा आज : पहिलो ‘मिस अमेरिका’ घोषितदेखि तत्कालीन मेसेडोनिया स्वतन्त्रसम्म 


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ २३ गते बिहीबार। सन् २०२२ को सेप्टेम्बर ८ तारिख। आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २०१५ सेप्टेम्बर ८ मा प्रख्यात अमेरिकी टेलिभिजन कार्यक्रम ‘द लेट शो विथ स्टिफन कोल्बेर’ कार्यक्रमको पहिलो अंक प्रसारण भएको थियो। कार्यक्रमको पहिलो अंकमा फ्लोरिडाका पूर्व गर्भनर जेब बुश र अभिनेता जर्ज क्लुनीको उपस्थिति रहेको थियो।

सन् १९९१ सेप्टेम्बर ८ मा तत्कालीन मेसेडोनियाले तत्कालीन युगोस्लाभियाबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।

सन् १९८६ सेप्टेम्बर ८ मा ‘द ओप्रा विन्फ्रे शो’ को पहिलो अंक प्रसारण भएको थियो। सो कार्यक्रमले विन्फ्रेलाई अमेरिकामा प्रभावशाली महिलाको सुचीमा पार्न सफल भयो।

सन् १९७४ सेप्टेम्बर ८ मा अमेरिकी राष्ट्रपति जेराल्ड फोर्डले पूर्व राष्ट्रपति रिचार्ड निक्सनलाई विवादस्पद कार्यकारी गतिविधिको लागि माफ गरेका थिए। ‘वाटरगेट प्रकरण’ ले निम्ताएको राष्ट्रिय विभाजनको अन्त्य गर्न फोर्डले सो निर्णय लिएको दाबी गरेका थिए।

सन् १९६६ सेप्टेम्बर ८ मा अमेरिकी साईन्स–फिक्सन टेलिभिजन सिरिज ‘स्टार ट्रेक’ को पहिलो अंक प्रसारण भएको थियो। एनबीसीबाट प्रसारण भएको सो पहिलो अंकको नाम ‘द म्यान ट्रयाप’ थियो।

सन् १९५१ सेप्टेम्बर ८ मा अमेरिकाको सान फ्रान्सिस्कोमा जापानी प्रतिनिधिले सन्धिमा हस्ताक्षर गरेका थिए।

सन् १९२१ सेप्टेम्बर ८ मा वसिङ्टन डी.सी.का मार्गरेट गोर्मन पहिलो ‘मिस अमेरिका’ घोषित भएकी थिइन्।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ६ : ३४ बजे

लाप्राक नमूना बस्ती (तस्बिर)

गोरखा– २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको

लोकप्रियतावादको अग्निमा सत्ताको परीक्षा

लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौँ– सरकारको निर्णय अनुसार आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ