द्वन्द्वपीडितको उपचारका सहजीकरण गर्ने छौं : भट्ट « Khabarhub

द्वन्द्वपीडितको उपचारका सहजीकरण गर्ने छौं : भट्ट


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

डोटी – अखिल क्रान्तिकारी जिल्ला कमिटी डोटीले सहिद स्मृति आवासीय माद्यामिक विद्यालय राजपुरमा विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि वृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । जिल्ला अस्पताल डोटीको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

दश वर्षे जनयुद्धमा घाइते, बेपत्ता तथा सहादत प्राप्त परिवारका सदस्य, गरिब, दलित पिछडा वर्गका छोराछोरी अध्ययन गर्ने उक्त विद्यालयमा विद्यार्थीको स्वास्थ्यवस्था बुझ्न शिविरको आयोजना गरिएको बताइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नीराजन श्रेष्ठको नेतृत्वमा नाक कान, घाँटी सर्जन, डेन्टल सर्जन तथा जनरल फिजिसियनको टोली खटिएको थियो ।

टोलीमा डाक्टर डबल बुढा, मेडिकल अफिसर प्रकाश ठकुल्ला, सिनियर डेन्टिस्ट विनोट भट्ट, वरिष्ठ एनेसथेसिया एसिस्टेन्ट चुडामणि पन्त, सिनियर अहेव प्रेम बोगटीलगायत ल्यावको टोली खटिएको थियो ।

युद्धपछि मुलुक शान्तिप्रक्रियामा गएको अवस्थामा समाजमा सबैसँग सहकार्य गरेर जानु अहिलेको प्रमुख आवश्यकता रहेको कार्यक्रमका प्रमुख अतिथि एवं सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै भट्टले भने, ‘तपाईंहरू पीडाबाट गुज्रिएर समाजमा संघर्ष गरिरहनु भएको छ । अध्ययन गरिरहनु भएको छ । तपाईंहरूले आफ्नो परिवारको सपना साकार पार्नुपर्छ ।’

उनले डोटी अस्पतालले पनि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताएका थिए । त्यहाँ उपचार सम्भव नभएका द्वन्द्वपीडित परिवारको सेती प्रादेशिक अस्पतालमा रेफर गर्दा अस्पतालले उचित सहयोगका साथ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

अखिल क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष प्रकाश जोशीले शिविरबाट २५० जना लाभान्वित भएको बताए । उनले आगामी दिनमा पनि आफूहरूले यस्ता कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : २० बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका