एसईईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइयो, कसरी हेर्ने नतिजा ? « Khabarhub

एसईईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइयो, कसरी हेर्ने नतिजा ?


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षा सार्वजनिक गर्न आज बोर्ड बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुनेछ ।  प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेका कारण यस वर्षको परीक्षाफल पर्काशित गर्न ढिलाई भएको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा प्रकाशित हुने गरेको थियो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट शुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।

नतिजा प्रकाशन भएपछि १६०० मा डायल गरेर आफ्नाे नतिजा थाहा पाउन सकिने छ । त्यसका साथै एसएमएसबाट नतिजा थाहा पाउन सकिने छ । जसका लागि see<space>Symbol No. and send it to 1600 गर्नुपर्ने छ । मार्कसिटसहित नतिजा हेर्नका लागि यो लिंक क्लिक गर्नुहोस-

यहाँ क्लिक गरेर एसईईको नतिजा हेर्नुस्

 

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : २० बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र