धादिङमा खानयोग्य जङ्गली वनस्पतिको वर्गीकरण « Khabarhub

धादिङमा खानयोग्य जङ्गली वनस्पतिको वर्गीकरण


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धादिङमा बारीमा खेती नगरिने तर खानयोग्य वनस्पतिको वर्गीकरण गरिएको छ । यी वनस्पतिले पोषण सुरक्षाका लागि उल्लेख्य योगदान गरेको अध्ययनमा देखिएको छ ।

जर्मन सङ्घीय आर्थिक सहयोग र विकास मन्त्रालय तथा अन्य निकायको साझेदारीमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) ले उत्तरी धादिङको रुबिभ्याली, खनियाबास र गङ्गाजमुना गाउँपालिकमा गरेको अध्ययनले एक सय ७० प्रजातिका जङ्गली खानयोग्य वनस्पतिको पहिचान र वर्गीकरण गरेको हो । अध्ययनका क्रममा दुई सय ५७ प्रजातिका नामावली सङ्कलन गरेको थियो ।

स्थानीय बासिन्दाले वर्षभरि उपभोग गर्ने मसलामा १३ दशमलव छ प्रतिशत, तरकारीमा १७ दशमलव दुई प्रतिशत र फलफूलमा १९ दशमलव छ प्रतिशत तौलको आधारमा जङ्गली वनस्पतिको योगदान रहेको अध्ययनले देखाएको छ । यस क्षेत्रका नागरिक ८८ प्रतिशतले आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने अवस्था रहेको देखिएको छ ।

ग्रामीण दुर्गम स्थानका गरिब र सीमान्तकृत समुदायका लागि जङ्गली खानयोग्य वनस्पति खाद्य तथा पोषण सुरक्षा, आयआर्जन, र जीविकोपार्जन गर्ने प्रमुख आधार देखिएकाले संरक्षण, व्यवस्थापन र निरन्तर उपलब्धताका लागि स्थानीय सरकार, समुदाय र जीविकोपार्जन गर्नेको ध्यान जान जरुरी देखिएको छ ।

निगुरो, फापरे साग, खोले साग, अल्लो, सिस्नो आदिलाई गरिबले तरकारीको रुपमा छाक टार्ने वनस्पतिको रुपमा रहेको छ । यी वनस्पति सजिलै पाइन्छन् । सिस्नो, टिमुर र चिप्लेलाई स्थानीयवासीले औषधिको रुपमा समेत प्रयोग गर्दै आएका छन् । ओखर, बाँको, च्याउ, सिस्नोलाई प्रशोधन गरेर पछिका लागि भण्डारण गर्ने गरिएको छ ।

लिबर्डका कृषि तथा प्राकृतिक श्रोत व्यवस्थापन अधिकृत शम्भु बस्नेतका अनुसार बारीमा फलाइने, किनेर प्रयोग गरिने तरकारीको तुलनामा जङ्गली वनस्पतिले १४ देखि १८ प्रतिशतसम्म योगदान गरेको छ । यसको संरक्षण, नयाँपुस्तामा ज्ञानको हस्तान्तरण हुनुपर्ने उनको भनाइ छ ।

वनस्पतिको नाम, विशेष गुण, प्रयोग विधि आदिबारे समुदायस्तरमा छलफल र अभिलेखीकरण गरेर राख्नुपर्ने देखिएको छ । बीस प्रतिशत योगदान रहेको वनस्पतिको संरक्षणमा ध्यान दिनुपर्ने तथा खानामा विविधीकरण गरेर खानेबानीको विकास गर्न अध्ययनले सुझाव दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ५७ बजे

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’

एजेन्सी– दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ– पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ

सरकारी डोजरले ढलेको मनोहरा सुकुम्वासी बस्तीबाट सामान निकाल्ने हतारो

काठमाडौं- सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली