ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’ को उद्घाटन « Khabarhub

ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’ को उद्घाटन


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को नवनिर्मित भवनको उद्घाटन गरेकी छन् । जलस्रोत अनुसन्धान तथा विकासकेन्द्रअन्तर्गत रहेको सो भवनमा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले उद्घाटन गरेकी हुन्।

जलस्रोतको परीक्षण त्यससँग सम्बन्धित तालिम सञ्चालन गर्ने उद्देश्यले १२ आना जग्गामा रु १४ करोड लागतमा सात तलाको अत्याधुनिक भवन निर्माण गरिएको हो । सोही अवसरमा मन्त्री भुसालले भौतिक पूर्वाधार, सडक, अवास, सिँचाइ, खानेपानी र जलविद्युत्लगायत समग्र देशको विकासको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “हामीसँग समग्र मास्टर्स प्लान छैन, हामी विकेन्द्रित विकास गर्छौँ, सबै मन्त्रालयले आआफ्नै ढङ्गले विकासका काम गर्छौँ, त्यसले गर्दा कहिले डुप्लीकेसन, बजेटको केन्द्रीकरण हुने समस्या हुन्छ, त्यसैले सबै सरकारले निरन्तरता दिने गरी राजनीतिक सहमति गरेर देशको विकासका लागि मास्टर्स प्लान बनाउनुपर्छ ।” मास्टर्स प्लानसहित विकासको योजना बनाउँदा दिगो र आवश्यकताको विकास हुने उनको भनाइ छ ।

मन्त्री भुसालले तालिम तथा अनुसन्धानका कार्यक्रम सञ्चालनका लागि केन्द्र प्रयोगमा आउने बताउँदै जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको विशिष्ट भौगोलिक अवस्था अनुकूलको विकास निर्माणका योजना तयार पार्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

मन्त्रालयका ऊर्जा सचिव सुशील चन्द्र तिवारीले जलस्रोतको विकास, नयाँ प्रविधिको प्रयोग र अनुसन्धानका निम्ति निर्माण गरिएको भवन जलस्रोतका क्षेत्रमा बढीभन्दा बढी प्रयोग हुने बताए। मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को क्षेत्राधिकार बढाउँदै विशिष्ट प्रकृतिको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए।

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक सरिता दवाडीले प्रयोगशालालाई जलस्रोत क्षेत्रको राष्ट्रिय स्तरको प्रयोगशालाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १२ : ५३ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा