चौतारी संरक्षणमा जुट्दै ‘डिभिजन वन’ « Khabarhub

चौतारी संरक्षणमा जुट्दै ‘डिभिजन वन’


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पुर्खाले बनाएका बरपीपलका चौतारी पछिल्लो समय मासिँदै जान थालेको छ। वरपीपलले हानिकारक कीराको नाश गरिदिने, बाह्रमास स्वच्छ हावा दिने भएकाले पर्यावरणीय दृष्टिकोणले पनि मानव जीवनमा अपरिहार्य मानिन्छ । वरपीपलको धार्मिक दृष्टिकोणलेसमेत उत्तिकै महत्व रहेको छ । विकासका नाउँमा होस या संरक्षण नहुँदा यस्ता पुख्र्यौँली सम्पदा नाश हुँदै जान थालेपछि यसको संरक्षणमा डिभिजन वन कार्यालय तनहुँ जुटेको छ । 

मानवजीवनका लागि चौतारी आवश्यक महसुस गरी संरक्षणको प्रयास थालिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । कार्यालयले अभियान नै सञ्चालन गरी पहल थालेपछि गाउँठाउँमा पुनःचौतारी हराभरा देखिन थालेको छ । 

बाटोघाटो हिँड्दा, थकाइ लाग्दा थकाइ मेटाउने, गाउँबेंसी गर्दा भारी बिसाउन, पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरे पनि हाल त्यसतर्फ चासो कमी हुँदै गएका कारण चौतारी लोप हुँदै गएको पाइन्छ ।

मोटरबाटो लैजाँदा रुख ढालिदिने र मानिस चौतारीमा भन्दा एसी र पङ्खाबाट शीतल लिने गरेकाले नयाँ बिरुवा रोप्न नचाहने कार्यले चौतारी लोप हुँदै गएको उनले बताए ।  

चौतारी संरक्षणका लागि अभियान सुरुआतसँगै त्यसका लागि स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक वनका उपभोक्तालाई चौतारीको वातावरणीय महत्वका बारेमा प्रशिक्षणसमेत दिन थालिएको छ । 

चौतारी संरक्षणको पहल सुरुआत गरेसँगै गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गत वर्ष पाँच वटा चौतारा संरक्षण गरिएको कार्यालय सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । प्रतिचौतारी  एक लाख आर्थिक सहयोग र १० प्रतिशत जनसहभागितामा चौतारी संरक्षण गरिएको उनले बताए । 

म्याग्दे गाउँपालिका-७ स्थित रिपा शिखर थुम्की सामुदायिक वन, म्याग्देकै सोही वडाको जनचेतना आमासमूह, व्यास नगरपालिकाको वडा नं १ स्थित अकला सामुदायिक वन, वडा नं १० स्थित सर्वज्योति आमासमूह र वडा नं ११ स्थित तनहुँसुर सामुदायिक होमस्टेमा चौतारा निर्माण गरिएको छ । 

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ५२ बजे

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजिल्याण्डमा

अकल्यान्ड – दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत

विश्वकप क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं- सन् २०१० मा ट्रफी उचालेपछि विश्वकप मैदानमा खराब प्रदर्शन

रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’

काठमाडौं– वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक

गणेशबारे रवि, बालेन र सुनिता चुप, तल्लो तहका वर्गमाथि राज्य सधैँ पूर्वग्राही

काठमाडौं- जेन-जी आन्दोलनअघि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी जस्ता पुराना