माटो प्रयोग गरेर पर्खाल निर्माण  « Khabarhub

माटो प्रयोग गरेर पर्खाल निर्माण 


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मुगु– नेपालको सबैभन्दा ठुलो ताल मुगुको रारा ताल जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि माटो मात्र प्रयोग गरेको पाइएको छ । 

ताल्च जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको करिब ४ किलो मिटर सडकखण्डमा बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको हो । मुगुको रारा जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरेको पाइएको छ ।

सडकको स्वरुप हेर्दा ग्राभेल भएको जस्तो छैन र पहिरो रोक्न वाल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ । मेसेनरी वाला निर्माणमा बालुवा, सिमेन्ट र ढुङ्गाको समिश्रण हाल्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको छायांनाथ रारा नगरपालिका-८ का स्थानीय हरिकृष्ण बिष्टले बताए । 

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा जाने यो सडकमा सिमेन्टमा बालुवा मिसाएर प्रयोग गर्नुको साटो माटो प्रयोग गरेर गुणस्तरहीन वाल बनाइँदै गरिएको छ । यस सडकमा काम गरिरहेका कामदारले पनि बालुवाको नाममा माटो प्रयोग गर्ने गरेका र ठेकेदारले जे काम गर्न आदेश दिन्छ त्यसै अनुरूप काम गर्ने गरेको कामदारहरूले बताएका छन् ।  

सडक डिभिजन कार्यलय जुम्लाअन्तर्गत २ करोड ३८ लाख  लागतमा नाङजिल एण्ड आकांक्षा मजदुर जेवीले सडकको वाल निर्माण तथा ग्राभेल गर्ने कामको जिम्मा पाएको हो । सडक निर्मार्णको काममा  ग्राभेल राम्रै भए पनि वाल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको छायांनाथ रारा नगरपालिका-८ का वडा अध्यक्ष कर्णबहादुर रावलले बताए ।    

यस सडकको लम्बाइ ४ किलोमिटर ४ सय ६० मिटर छ । सडकको अधिकांश मेसेनरीवाल निर्माणमा टालटुल गरेको पाइन्छ । कामको जिम्मा पाएको ठेकेदार कम्पनीले कामदारहरूलाई पेटिमा काम गर्न लगाउने र घनमिटरका आधारमा प्रतिघनमिटर १ हजारका दरले भुक्तानी गर्ने गरेको खुलेको छ ।

ठेकेदार कम्पनीको लापरबाहीले बालुवाको साटो माटो प्रयोग गरेर  गैरजिम्मेवार रुपमा काम गरिएको कर्णजङ्ग शाहीले जानकारी दिए । दीर्घकालीन सोचसहित गुणस्तरीय काम हुन नसके यहाँका सडक  कसैका लागि कमाइ खाने भाँडो मात्र बनेको प्रष्ट बुझ्न सकिन्छ । 

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ०५ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्