माटो प्रयोग गरेर पर्खाल निर्माण  | Khabarhub Khabarhub

माटो प्रयोग गरेर पर्खाल निर्माण 


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मुगु– नेपालको सबैभन्दा ठुलो ताल मुगुको रारा ताल जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि माटो मात्र प्रयोग गरेको पाइएको छ । 

ताल्च जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको करिब ४ किलो मिटर सडकखण्डमा बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको हो । मुगुको रारा जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरेको पाइएको छ ।

सडकको स्वरुप हेर्दा ग्राभेल भएको जस्तो छैन र पहिरो रोक्न वाल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ । मेसेनरी वाला निर्माणमा बालुवा, सिमेन्ट र ढुङ्गाको समिश्रण हाल्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको छायांनाथ रारा नगरपालिका-८ का स्थानीय हरिकृष्ण बिष्टले बताए । 

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा जाने यो सडकमा सिमेन्टमा बालुवा मिसाएर प्रयोग गर्नुको साटो माटो प्रयोग गरेर गुणस्तरहीन वाल बनाइँदै गरिएको छ । यस सडकमा काम गरिरहेका कामदारले पनि बालुवाको नाममा माटो प्रयोग गर्ने गरेका र ठेकेदारले जे काम गर्न आदेश दिन्छ त्यसै अनुरूप काम गर्ने गरेको कामदारहरूले बताएका छन् ।  

सडक डिभिजन कार्यलय जुम्लाअन्तर्गत २ करोड ३८ लाख  लागतमा नाङजिल एण्ड आकांक्षा मजदुर जेवीले सडकको वाल निर्माण तथा ग्राभेल गर्ने कामको जिम्मा पाएको हो । सडक निर्मार्णको काममा  ग्राभेल राम्रै भए पनि वाल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको छायांनाथ रारा नगरपालिका-८ का वडा अध्यक्ष कर्णबहादुर रावलले बताए ।    

यस सडकको लम्बाइ ४ किलोमिटर ४ सय ६० मिटर छ । सडकको अधिकांश मेसेनरीवाल निर्माणमा टालटुल गरेको पाइन्छ । कामको जिम्मा पाएको ठेकेदार कम्पनीले कामदारहरूलाई पेटिमा काम गर्न लगाउने र घनमिटरका आधारमा प्रतिघनमिटर १ हजारका दरले भुक्तानी गर्ने गरेको खुलेको छ ।

ठेकेदार कम्पनीको लापरबाहीले बालुवाको साटो माटो प्रयोग गरेर  गैरजिम्मेवार रुपमा काम गरिएको कर्णजङ्ग शाहीले जानकारी दिए । दीर्घकालीन सोचसहित गुणस्तरीय काम हुन नसके यहाँका सडक  कसैका लागि कमाइ खाने भाँडो मात्र बनेको प्रष्ट बुझ्न सकिन्छ । 

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ०५ बजे

सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन

काठमाडौँ – सार्वजनिक संरचनामा प्रदर्शनकारीले लगाएको आगो निभाउन सरकारी संयन्त्र

सेनाले किन साथ दिएन ओली सरकारलाई ?

काठमाडौं– जेन–जी पुस्ताका आन्दोलनकारीले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, अदालत,

वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू

भारतीय बुद्धिजीवी एसडी मुनिले भने– नेपालको गणतन्त्र र लोकतन्त्र जोगिनुपर्छ

काठमाडौं– नेपालमा चर्किएको जेनजी पुस्ताको आन्दोलनको चर्चा भारत लगायत संसारभर

जेलबाट निस्केपछि रविको अपिल : देशको सम्पत्ति जोगाऔँ, जेन-जीको नेतृत्व स्वीकारौँ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन-जी आन्दोलनलाई संयमित