माथिल्लो दोर्दी ‘ए’को निर्माण सम्पन्न | Khabarhub Khabarhub

माथिल्लो दोर्दी ‘ए’को निर्माण सम्पन्न


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लमजुङ– माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएको हो । 

आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताए ।  ‘हालसालै यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेका छौँ। अब एक हप्ताभित्रमा बिजुली उत्पादन परीक्षण गर्ने तयारी भइरहेको छ’, उनले भने। नेपाल विद्युत् प्राधिकरणको अनुमति एवं त्यहाँका कर्मचारी आएसँगै बिजुली उत्पादन परीक्षण सुरु गर्ने आयोजनाले जनाएको छ । आयोजनाको बिजुली उत्पादन परीक्षण सफल भएमा राष्ट्रिय प्रसारण लाइनमा छिटै  जोडिने भएको छ । आयोजनाको पेनस्टक पाइपमा र टनेलमा पानी भर्ने, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएकामा मर्मतलगायत सबै काम सम्पन्न भएको प्रवर्द्धक बस्तीको भनाइ थियो।

‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिने छ ।’ यसको सफल परीक्षणसमेत भइसकेको छ । उक्त आयोजना रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण गर्ने लक्ष्य रहेकामा लागत बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख पुग्ने आयोजनाले जनाएको छ । उक्त आयोजना विसं २०७१ देखि निर्माण गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण गर्न सकिएको  थिएन । 

सम्झौताअनुसार आयोजना सम्पन्न गर्न नसक्दा पटक पटक म्याद थप गर्दै आइएको थियो । यस आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवर्द्धक कम्पनी लिबर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।  आयोजनामा १२ दशमलव पाँच प्रतिशतका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ५९ बजे

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ : गृहमन्त्री

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा

प्रधानमन्त्रीले भने : कांग्रेसको अहिलेको गतिविधिको नतिजा आगामी चुनावमा देखिन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अहिलेको

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा ओमान पठाइदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान

इरानी राष्ट्रपति रायसीको मृत्युप्रति विश्वका नेताद्वारा शोक व्यक्त

नयाँदिल्ली– युरोपेली युनियन (ईयू), रूस, चीन, भारत, पाकिस्तान, श्रीलंका, टर्की,

विरोधबीच विश्वास पाएपछि प्रचण्डले संसद्‍मै थापे मालासहित बधाई (तस्बिरहरू)

काठमाडौं-  नेपाली कांग्रेसको चर्को विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो