८८ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानीको अभाव « Khabarhub

८८ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानीको अभाव


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन् । ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले जानकारी दिए । 

उनका अनुसार, दुई जिल्लामा निर्माण हुन लागेका सबै आयोजना सम्पन्न भएमा करिब ९० प्रतिशत नागरिकले पाइप प्रणालीको पानी प्रयोग गर्न पाउनेछन् । अहिले बाँकेमा ८५ प्रतिशत घरधुरीका मानिसले ह्याण्डपम्पको पानी खाने गरेका छन् । १४ हजार एक सय ३० घरधुरीले मात्रै पाइप प्रणालीको पानी खाने गरेका छन् ।

नेपालगञ्जस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ती जिल्ला हेर्दै आएको छ । कार्यालयले नागरिकलाई स्वच्छ पानी पुर्‍याउन सघन खानेपानी आयोजना, सरसफाइ तथा ढल व्यवस्थापन, खानेपानी आयोजना गुणस्तर सुधार तथा अभिवृद्धि कार्यक्रम, खानेपानी आयोजना मर्मत सुधार, जलवायु अनुकूलित खानेपानी आयोजना, तराई/मधेस खानेपानीलगायतका आयोजनामा काम गर्दै आएको छ ।

बाँकेमा २०६३/६४ सालदेखि निर्माण सुरु भएका करिब आधा दर्जन खानेपानीका योजना अलपत्र परेका छन् । आयोजना सञ्चालन गर्नका लागि न्यून बजेट, पर्याप्त जनशक्तिको अभाव, उपभोक्ता समितिले चासो नदेखाउनुलगायतका कारणले करिब डेढ दशक पहिलेदेखि निर्माण सुरु भएका आयोजना अलपत्र अवस्थामा पुगेको प्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : ५१ बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा