८८ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानीको अभाव « Khabarhub

८८ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानीको अभाव


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन् । ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले जानकारी दिए । 

उनका अनुसार, दुई जिल्लामा निर्माण हुन लागेका सबै आयोजना सम्पन्न भएमा करिब ९० प्रतिशत नागरिकले पाइप प्रणालीको पानी प्रयोग गर्न पाउनेछन् । अहिले बाँकेमा ८५ प्रतिशत घरधुरीका मानिसले ह्याण्डपम्पको पानी खाने गरेका छन् । १४ हजार एक सय ३० घरधुरीले मात्रै पाइप प्रणालीको पानी खाने गरेका छन् ।

नेपालगञ्जस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ती जिल्ला हेर्दै आएको छ । कार्यालयले नागरिकलाई स्वच्छ पानी पुर्‍याउन सघन खानेपानी आयोजना, सरसफाइ तथा ढल व्यवस्थापन, खानेपानी आयोजना गुणस्तर सुधार तथा अभिवृद्धि कार्यक्रम, खानेपानी आयोजना मर्मत सुधार, जलवायु अनुकूलित खानेपानी आयोजना, तराई/मधेस खानेपानीलगायतका आयोजनामा काम गर्दै आएको छ ।

बाँकेमा २०६३/६४ सालदेखि निर्माण सुरु भएका करिब आधा दर्जन खानेपानीका योजना अलपत्र परेका छन् । आयोजना सञ्चालन गर्नका लागि न्यून बजेट, पर्याप्त जनशक्तिको अभाव, उपभोक्ता समितिले चासो नदेखाउनुलगायतका कारणले करिब डेढ दशक पहिलेदेखि निर्माण सुरु भएका आयोजना अलपत्र अवस्थामा पुगेको प्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : ५१ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक