लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा « Khabarhub

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भालुवाङ– लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् । 

कार्यक्रममा उनले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । उनले स्वास्थ्यकर्मीको मेहनत र खटाइले प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको भन्दै अहिलेको शिक्षा क्षेत्रमा पनि सुधार हुन आवश्यक रहेको बताए । स्थानीयस्तरका नागरिकमा खोपका बारेमा उचित ज्ञान नहुँदा अहिले पाँच वटा प्रदेशमा पूर्ण खोप सुनिश्चितता घोषणा हुन नसकेको प्रदेश प्रमुख शेरचनले बताए । 

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले खोपको महत्व बुझाउन नसक्दा खोप घोषणामा समस्या भएको र समुदायस्तरमा खोपको विषयमा जानकारी नहुँदा बालबालिकाहरूमा कुपोषण हुने गरेको बताए । 

कार्यक्रममा पूर्णखोप सुनिश्चितता घोषणामा महत्वपूर्ण योगदान पुर्‍याएका प्रदेशका १२ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख, स्वास्थ्यकर्मीलगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ३८ बजे

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय