१० करोडको लागतमा शैक्षिक भवन बन्ने « Khabarhub

१० करोडको लागतमा शैक्षिक भवन बन्ने


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सुगम जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको रूपन्देहीको मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने भएको छ ।

२०३० सालमा स्थापित कोटहीमाई ५ मझगावामा रहेको विद्यालयको संरचनाहरू जीर्ण हुँदै गएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा लुम्बिनी प्रदेश योजना आयोग मार्फत बहुवर्षीय योजनाबाट शैक्षिक भवन बन्न लागेको हो ।

भौतिक संरचना र पूर्वाधारमा धेरै कमी रहेको पाइएपछि लुम्बिनी प्रदेश सरकारको सक्रियतामा बहुवर्षीय योजना सहित शुक्रबार लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा खेलकुद मन्त्री बसिउद्दीन खानले भवनको शिलान्यास गरेका छन् ।

विद्यालयको हाता भित्र रहेको जग्गामा सुविधा सम्पन्न संरचना निर्माण गर्ने योजना प्रदेश सरकारले लिएको छ, लुम्बिनी प्रदेश योजना आयोग मार्फत ३ वर्षीय योजना सहित मर्चवार आदर्श माविको शैक्षिक भवन निर्माणका लागि ९ करोड ९९ लाख ९० हजारको लागत अनुमान सहित निर्माण कार्य अघि बढेको मन्त्री खानले भने ।

भवनको शिलान्यास गर्दै मन्त्री खानले विद्यार्थीको संख्या धेरै र सीमित स्रोत साधन शिक्षा दिनमा कठिनाइ भएकोले बहुवर्षीय योजनामा विद्यालयमा बृहद् भवन बनाउन लागेको उनले भने । 

यस्तै सो अवसरमा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले मर्चवारको भविष्य उज्ज्वल रहेकोले यहाँकाे शैक्षिक गुणस्तरलाई अन्य विद्यालयसँग तुलना गर्दै वृद्धि गर्नु पर्ने जरुरी रहेको बताए । प्रदेश सरकारको दोस्रो ठूलो विद्यालयको योजना मर्चवारमै रहेको बताउँदै उपाध्यक्ष क्षेत्रीले शिक्षामा गुणस्तरका लागि सिस्टम नै परिवर्तन गर्नु पर्ने बताए । 

योजना आयोगले पहिलो वर्ष १ करोड ५० लाख, दोस्रो वर्ष ५ करोड र अन्तिम वर्ष ३ करोड ४९ लाख ९० हजार लागत अनुमान सहित निर्माण कामको थालनी गरेको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ६ : ४४ बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा