हाप्किडो ग्राण्ड मास्टर नेपाल आउँदै « Khabarhub

हाप्किडो ग्राण्ड मास्टर नेपाल आउँदै


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशको पोखरामा आयोजना हुने सातौँ राष्ट्रिय हाप्किडो प्रशिक्षक प्रशिक्षण तथा रेफ्री सेमिनारमा ग्लोबल हाप्किडो एसोसिएसनका अध्यक्ष सिनियर ग्रान्डमास्टर हि क्वान ली नेपाल आउने भएका छन् ।

१४ देखि १६ अक्टोबरसम्म आयोजना हुने राष्ट्रिय स्तरको सेमिनारमा ली विशेष अतिथिको रूपमा उपस्थित हुने छन् । नेपाल मार्सल आर्ट्स हाप्किडो संघको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।

संघ अध्यक्ष काली बहादुर घर्ती मगरले दिएको जानकारी अनुसार एक साता नेपाल बसाइको क्रममा लीले खेलकुदका विशिष्ट व्यक्तिसँग पनि भेट गर्ने छन् । सेमिनार लीको मातहतमा हुने छ । सेमिनारमा उनले नेतृत्व क्षमता अभिवृद्धिका लागि प्रशिक्षण पनि दिने छन् ।

विश्वमा हाप्किडो खेलको विकास र बिस्तार तथा दीर्घकालीन लक्ष्य र उद्देश्यका बारे छलफल पनि हुने छ । ग्लोबल हाप्किडो एसोसीएसनको आयोजनमा अर्को वर्ष अमेरिकामा हुने विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालको सहभागिताका विषयमा पनि सो अवसरमा छलफल हुने छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ५३ बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको