सेवाग्राहीसँग दुई लाख घुस लिने कार्यालय प्रमुख श्रीवास्तवलाई सर्वसाधारणले दले कालोमोसो | Khabarhub Khabarhub

सेवाग्राहीसँग दुई लाख घुस लिने कार्यालय प्रमुख श्रीवास्तवलाई सर्वसाधारणले दले कालोमोसो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डिभिजनल इञ्जिनियर अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्ना घुस रकम सहित पक्राउ गरेको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजनल कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय प्रमुख डिभिजनल इञ्जिनियर अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नाले निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फर–फारक गराई दिने प्रयोजनको लागि भनी सेवाग्राहीसँग घुस मागेका थिए ।

सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले कार्यालय प्रमुख इन्जिनियर अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्नालाई सेवाग्राहीसँग रू. दुई लाख रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा घुस रकम सहित कार्यकक्षबाट रङ्गेहात नियन्त्रणमा लिएको जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियारले नियन्त्रणमा लिएपछि सेवाग्राहीले प्रमुख श्रीवास्तवलाई कालोमोसो दलेका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ४९ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले