विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिन सकिँदैन : कमल थापा  « Khabarhub

विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिन सकिँदैन : कमल थापा 


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै दिन नसकिने बताएका छन्।

चुनाव केन्द्रित कार्यक्रमका लागि गृह जिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ। जन्मसिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन।’

युवाहरू राजनीतिक स्वार्थको गोटी बन्नु नहुने उनको भनाइ छ। उनले सरकार र दलहरूको मर्यादाहीन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तन दिन नसकेको टिप्पणी गर्दै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हाबी भएको सुनाए।

संविधान पतन हुनबाट जोगाउन दलहरूको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको अभिव्यक्ति दोहोर्‍याए।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ०३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना