साझा कर्मचारी सङ्गठन बनाउन आग्रह « Khabarhub

साझा कर्मचारी सङ्गठन बनाउन आग्रह


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा संङ्गठन बनाउन आग्रह गरेकी छिन् ।

नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन कार्यक्रममा उनले फरकफरक सङ्गठनभन्दा एउटै सङ्गठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिइन् । ‘आधिकारिक ढङ्गले सबै मिलेर एउटा युनियन बनाउनुहोस्’, उनले भनिन् ।

आफू लामो समयदेखि राजनीतिमा संलग्न रहेको दृष्टान्त पेश गर्दै मन्त्री भुसालले कर्मचारीले कार्यालय समयमा राजनीति गर्न नहुने बताइन्।

उनले प्राधिकरणको विकास तथा जनतालाई राहत र सुविधा दिने विषयमा ध्यान दिन कर्मचारीसँग आग्रह गरिन् । ‘प्राधिकरणमा क्रियाशील पाँच वटा कर्मचारी युनियनलाई एक बनाउनुहोस्, सकेसम्म साझा हितमा लाग्नुहोस्’, उनले भनिन् ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : १३ बजे

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख