डोटीमा ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु  « Khabarhub

डोटीमा ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु 


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– हिन्दूहरुको महान् चाड बडा दशैँ तथा दीपावलीको पावन अवसरमा आजदेखि डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ । भैरवप्रसाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका-६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिता सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अथिति दिपायल सिलगढी नगर पालिकाका नगरप्रमुख बाजि सिं खड्काले नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी लगाउँदै खेल क्षेत्रको विकास गर्ने बताए । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले खेलकुद क्षेत्रबाट मित्रतासँगै देशको चिनारी हुने भएकाले खेल क्षेत्रको विकास हुन आवश्यक रहेको बताए । 

प्रतियोगितामा कैलाली, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, भैरबप्रसाद गण र उद्योग वाणिज्य सङ्घ सहित सातवटा टोली सहभागी रहेका छन् । खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टोलीलाई  एक लाख, द्वितीय हुनेलाई ५० हजारसहित ट्रफी प्रमाणपत्र प्रदान गरिने भैरवप्रसाद गणका गणपति जनमतबहादुर कार्की बताए ।

उनले प्रदेशस्तरीय फुटबल खेलले जिल्लाको कला, संस्कृतिको पहिचान तथा फुटबल खेलको विकासमा महत्वपूर्ण भूमिका र स्थानीयले सञ्चालन गरेका होमस्टेको प्रवर्द्धनका साथै व्यापार व्यवसायमा ठुलो टेवा पुग्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : २६ बजे

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा