काभ्रेमा तीन लाख १० हजार मतदाता « Khabarhub

काभ्रेमा तीन लाख १० हजार मतदाता


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– यहाँ चार महिनाको अवधिमा छ हजार पाँच सय ६० मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख तीन हजार पाँच सय ६० रहेका थिए । आसन्न निर्वाचनमा जिल्लाका तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयको अन्तिम मतदाता नामावलीअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमा एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता रहेका छन् ।

यस्तै आगामी मङ्सिर ४ गतेका लागि एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ । जिल्लामा एउटा मतदानस्थल र आठ मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले  जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत धार्ने ज्योति माध्यमिक विद्यालयमा एक मतदानस्थल थप भएको हो । उक्त केन्द्रमा तीन सय ३२ पुरुष र दुई सय ५९ महिला गरी पाँच सय ९१ मतदाता रहेका छन् ।

कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता एक लाख ५२ हजार छ सय ९९ रहेका छन् । यसमध्ये ७८ हजार आठ सय १६ पुरुष र ७३ हजार आठ सय ८२ महिला तथा अन्य एक मतदाता छन् । यहाँ एक सय ९५ मतदान केन्द्रबाट मतदान हुनेछ । 

सोही क्षेत्रको प्रदेशसभा (क)मा ४० हजार एक सय एक पुरुष तथा ३६ हजार चार सय ५२ महिला गरी ७६ हजार पाँच सय ५३ मतदाता छन् । यसमा ९४ मतदान केन्द्र छन् । प्रदेशसभा (ख) मा भने ३८ हजार सात सय १५ पुरुष र ३७ हजार चार सय ३० महिला गरी ७६ हजार एक सय ४६ मतदाता छन् । यहाँ ९५ मतदान केन्द्र छन् ।    

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ७९ हजार एक सय ७४ पुरुष र ७८ हजार दुई सय ६७ महिला गरी एक लाख ५७ हजार चार सय ४२ मतदाता छन् । उक्त क्षेत्रमा दुई सय मतदान केन्द्र छन् । 

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (क) मा ३९ हजार दुई सय ५८ पुरुष, ३७ हजार आठ सय ५० महिला तथा अन्य एक गरी ७७ हजार एक सय नौ मतदाता छन् । प्रदेशसभा (ख) मा भने ३९ हजार नौ सय १६ पुरुष तथा ४० हजार चार सय १७ महिला गरी ८० हजार तीन सय ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : २१ बजे

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध

एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो

काठमाडौँ – उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी